आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद-प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी देखाउँदै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला(गला र गाला–माला मिलाउने ताल, चाल र ढाल चलिरहेकाछन् । यसरी नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था छ ।
२२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण शर्माले नयाँ विकल्पबारे बहस सुरु गरेका छन् ।
पार्टीभित्र व्यक्तिगत स्वार्थ र भ्रस्टाचार लगायतका विकृती, विसङ्गती आराजकता बढेको भन्दै पार्टी भित्र वा बाहिर रहेका निष्ठावानहरु एकजुट भै नयाँ खालको आन्दोलन गर्नुपर्ने उनको प्रस्ताव रहेको छ । प्रस्तावका रुपमा ‘फेयर फाइटरर्स फाउण्डेसन’ गठन गरेर जानु पर्ने भन्दै उनले त्यसका लागि आवश्यक संयन्त्र कस्तो बनाउने भन्ने बारे छलफल चलाउन सबैसँग आग्रह गरेका छन् ।
उनले भनेका छन् :
व्यक्तिगत स्वार्थ र भ्रस्टाचार लगायतका विकृती, विसङ्गती आराजकता मुख्य समस्या भएकोले अब नयाँ संगठन र पार्टी संयन्त्र बन्ने आधार तयार भो भनेर नै सबै पार्टी भित्रका वा बाहिरका Fair Fighter हरुले आफ्नो जिम्मेवारी बोध र बहन गर्ने बेला भो कि भन्ने लागेर मैले त अहिलेलाई Fair Fighters Foundation गठन गरि काम गर्दै जाऔं भनी यसअघि नै भनेको थिएँ । जो प्रस्ताव यस्तो थियो जनयुद्ध दिवस र Fair Fighters Foundation को स्थापनाको आवश्यकता ।
आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ भने साम्राज्यवादी उपभोक्तावादको प्रकोपका कारण भ्रष्टाचार, माओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्यमान्यता र आस्था निष्ठाको राजनीति र संस्कृति लुप्तप्रायः छ । त्यसैले नीति र नैतिकताको जगमा आधारित सहयोग सद्भावको संस्कार र संस्कृती अनि लक्ष – आदर्श केन्द्रीत विचार– राजनीतिको संरक्षण, सम्बद्र्धन, अवलम्बन र कार्यान्वयन गर्नु– गराउनु ऐतिहासिक आवश्यकता भएको छ ।
त्यसकारण,
१) सामान्यत : नेपालको निर्माणदेखि क्रान्ती, मुक्ती, प्रगती र समृद्धिसम्मको लागि लडेका आस्था–आदर्श, निष्ठा–नैतिकता र लक्ष–उद्देश्यमा अविचलित, अथक, अडीग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषतः वामपन्थी विचार र राजनीतिबाट स्वतन्त्रता, समानता र न्यायको लागि योगदान गरेका नेता, कार्यकर्ता र जनताको अनि मुख्यतः दस बर्षे महान जनयुद्धमा होमिएका आस्थाका योद्धाहरुको सम्झना र सम्मान गर्दै उहाँहरुका विचार, आचार, त्याग, तपस्या, बलिदान र योगदानको मूल्यांकन र श्रद्धा, अवलम्बन र कार्यान्वयन, रक्षा र विकास अनि प्रचार र प्रबद्र्धन गर्नको लागि अत्यावश्यक देखिएकोले सच्चा, स्वच्छ र स्वाभिमानी स्वतन्त्रता र समानताका सेनानीहरुको संघ अर्थात् Fair Fighters Foundation नामक संस्थाको स्थापना वान्छनीय भएको छ ।
२) सामान्यतया हाम्रो आजको सन्दर्भमा Fair Fighters भन्नाले निम्नानुसारका यशस्वी तपस्वीहरुलाई बुझ्नुपर्ने भएको छ :
क।) संसारका हामी मानवजातिलाई स्वच्छ (Fair) हुन र संघर्ष (Fighters) गर्न शिक्षित– दीक्षित गर्ने राष्ट्रिय– अन्तर्राष्ट्रिय संस्थापक–निर्देशक गुरुहरु ।
ख) प्रमिथसर स्पार्टाकस लगायतका आदि विद्रोहीहरु ।
ग) सामान्यत : संसारभरका न्याय– समानताका आन्दोलनका शहीदहरु, विशेषतः नेपाली जनक्रान्तिका लखन थपादेखी गंगा–शुक्र–दशरथ र धर्मभक्त हुँदै २०२८र२९ को झापा विद्रोह, २०३६, ४६ र ६२र६३का जन आन्दोलन र मुख्यतः २०५२-२०६२ को नेपाली माओवादी जनयुद्धका महान सहिद र वेपत्ता योद्धाहरु ।
घ) नेपाली राष्ट्रियता,जनतन्त्र, जनजीविका र समाजवादी– साम्यवादी आन्दोलनका सम्पूर्ण घाइते-अपाङ्ग र अयोग्य घोषित माओवादी लडाकू योद्धाहरु ।
ङ) क. शिवराज गौतम, अम्बिका साँवा, शक्ति लम्साल आदि जस्ता दिवङ्गत अथक योद्धाहरु ।
च) जिउँदा सहिदका रुपमा कृयाशील स्वच्छ, निस्पक्ष, न्यायप्रेमी, सदाचारी, आदर्शवान र नैतिकवान क्रान्तिकारी नेता– कार्यकर्ता र आमजनसमुदायहरु, आदि ।
३) आज प्रायः संसारैभरी र त्यसमा पनि नेपालमा मालेमावादी क्रान्तिकारी विचार–सिद्धान्त, मूल्य–मान्यता, नीति–नैतिकता र आस्था–निष्ठाजन्य राजनीतिको खडेरी पर्दै गैरहेको अनि विगत र वर्तमानमा यसको निम्ति रगत– पसिना बगाएका सीधा– सादा, स्वच्छ– स्वस्थ, इमान्दार र नैतिकवान अग्रज– दिग्गजहरुलाई सम्मान गर्नेभन्दा पनि उपेक्षा र उपहास गर्ने अन्यायपूर्ण र प्रतिक्रान्तिकारी संस्कार र संस्कृती बढ्दै गैरहेको दुखद् अवस्था छ । यो अवस्थामा क्रान्तिकारी इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै वर्तमान र भावी पिंढीलाई यसतर्फ आकर्षित र उत्प्रेरित गर्न नित्तान्त जरुरी भएको छ ।
४) यस सन्दर्भमा विश्व इतिहास र नेपालको इतिहासमा हालसम्मकै गौरवशाली इतिहास हो माओवादी जनयुद्ध र गणतन्त्रको इतिहास । त्यसैले यो इतिहास निर्माणमा निशङ्क, निस्वार्थ र निर्भिक रुपमा लगानी र कुर्वानी गर्ने सहिद, वेपत्ता योद्धा र घाइत–अपाङ्गलगायत सम्पूर्ण सतीसालजस्ता आस्थाका योद्धाहरुको विशेषरुपले सम्झना, सम्मान र सलामी गर्नु यस संस्थाको उद्देश्य र कार्यभार हुनेछ ।
५) अहिले नेपालको इतिहासमा एक महान्, भव्य र दिव्य परिघटनाको रुपमा स्थापित माओवादी जनयुद्धको सुरुवात गरिएको अविस्मरणीय र ऐतिहासिक दिन फागुन १ नजिकिएको छ । उक्त दिनमा नै २०५२ सालमा देसभरमा जम्मा दुई वटा बन्दुक र ७० जना पूर्णकालीन नेता, कार्यकर्ता र लडाकाहरु मात्रले सामान्यतः विविध जाती, वंश र कालखण्डमा १८०० बर्षभन्दा पहिलेदेखि रहिआएको र विशेषतः २४० बर्षदेखी निरन्तर रुपमा एउटै वंश शाहवंशको रुपमा जरा गाडेर बसेको सामन्तवादको शक्तिशाली प्रतिनिधि संस्था राजतन्त्र र पछिल्लो अवधिमा विश्व साम्राज्यवादको आडभरोषामा थोपरिएको प्रतिकृयावादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध ‘प्रतिकृयावादी राज्यसत्ताको ध्वंस गरौं ! नयाँ जनवादी व्यवस्थाको स्थापना गरौं !’ भन्ने मूल नाराका साथ महान जनयुद्धको घोषणा भएको थियो ।
६) उक्त ऐतिहासिक दिन र उक्त दिन थालनी गरिएको महान जनयुद्धमा बलिदान र योगदान गर्ने महात्माहरुको तत्कालैदेखी सम्मान गर्नु पर्ने जरुरी भएकोले उपरोक्त उद्देश्य र कार्यभार पूरा गर्नको लागि आस्थाको राजनीतिमा समर्पित, सकृय र सादगी व्यक्तित्वहरुको पहल र प्रयत्नमा यो संस्थाको स्थापना गरि काम अघि बढाउन वान्छनीय भएको छ ।
७) तसर्थ सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षमा लडेका र अझै पनि लड्नेस स्वाभिमान, स्वनिर्भरता, स्वविवेकमा बाँचेका र अझैपनी यसरी नै बाँच्न चाहेकास वर्गीय र राष्ट्रिय क्रान्ती, मुक्ती र प्रगतिको लागि सकृय र समर्पित रहेका अनि स्वच्छता, सदाचारीता र नैतिक मूल्य र मान्यतामा अडेका सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु, पक्का देसभक्त र जनवादी योद्धाहरु तथा वास्तविक वामपन्थी र प्रगतिशील व्यक्तित्वहरु एवम् राज्यसत्ता वा पार्टीसत्ताका विविध जालझेल, अन्याय– अत्याचार, शोषण– दमन र हेला– होंचोमा परेर पनि तिनका विरुद्ध सक्दो विरोध, अवरोध र प्रतिरोध गरेका वा गर्न चाहेका सम्पूर्ण महानुभावहरुलाई यस संस्थामा समेटिएर सक्दो योगदान दिन र यथोचित आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त गर्नको लागि हार्दिक आग्रह गर्दै एकीकृत र केन्द्रीकृत हुँदै समष्टिगत र संस्थागत रुपमा अघि बढ्नु अत्यावस्यक भएको छ ।
८) र, आज हामीले यस संस्थामार्फत उठाउनुपर्ने नाराहरु यसप्रकार रहेको देखिएको छ :
–न्याय, समानता र स्वतन्त्रताको अभियान ! स्वच्छता, सदाचारिता र त्याग– बलिदान ! !
– स्वस्थ, संघर्ष, समर्पण र स्वाभिमान ! क्रान्ती, मुक्ती र प्रगतिमा योगदान ! !
– ३ आस्था– निष्ठा र मूल्य–मान्यताको राजनीती ! सहयोग–सद्भाव र सोद्देश्य कुर्वानीको संस्कृति ! !
– राष्ट्रियता, जनतन्त्र र जनजीविका ! जनहितमा होस् हाम्रो भूमिका ! !
– समाजवाद–साम्यवाद र विकास–समृद्धी ! हाम्रो राम्रो रिद्धी– सिद्धि ! !
– फेअर फाइटर्सका सपना–जपना ! साकार पारौं हाम्रा विपना ! !
समाप्त।
यसका साथै हालै पनि यो एउटा अर्काे प्रस्ताव छलफलका लागि भनेर अघि बढाएको छु, जो सामाजिक सन्जाल र मिडियामा पनि आएकै छ ! त्यो पनि यस्तो छ :
(छलफलका लागि )
गम्भीर वर्तमान र गडबड भविष्यबारे सचेत बनौं र केही गरौं ।
नेपालमा विगत लामो समयदेखी भैरहेका बेथिती, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रस्टाचार आदि– इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गैरहेका छन् । त्यसमाथी हालैको आयातित अनिष्ट (कोरोनाभाइरस नामक विश्वब्यापी महामारी) को आतंकसङ्गैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका बिच यस महामारीबाट बच्नको लागि अत्यावश्यक स्वास्थ्यसामाग्री खरिदमा भएको भनिएको भयङ्कर भ्रष्टाचारलाई लिएर भैरहेका चौतर्फी भत्र्सना र भण्डाफोरका कारण दिनानुदिन धोद्रो र कमजोर बन्दै गैरहेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विद्रोह र विष्फोटको वातावरण बनिरहेको छ । वर्तमानको यो अवस्था भनेको निकै नाजुक, संवेदनशील र गम्भीर अवस्था हो । यसै अवस्थालाई पूँजीकृत गर्दै देसी-विदेसी प्रतिकृयावादी -साम्राज्यवादी-विस्तारवादी शक्तिहरुले प्रतिगमन र प्रलयका दुस्प्रयास र षड्यन्त्रहरु गरेर हाम्रो भविष्यप्रति निकै नै गडबड गरिरहेका छन् । अहिले समाजवादी– साम्यवादी क्रान्तिकारी र बैज्ञानिक विचारधारा, व्यवस्था, विधि र व्यवहार तथा यीबारेका वैचारिक वहस आदि सबैको विघटन र विसर्जन हुदैगैरहेको विषम र विडम्बनापूर्ण वर्तमानमा समाजवादी–साम्यवादी सिद्धान्तबाट शिक्षित, सचेत र संघर्षशील सदस्यरनागरिकका नाताले के गरौं, कसो गरौं, केही न केही त गरौं भन्ने लागिरहेको थियो । यसै बिचमा हाम्रो दसबर्से महान् जनयुद्धका सर्वश्रेष्ठ टेक्निकल साइन्स विभागका प्रमुखरकमाण्डर क। दिवाकर अर्थात् देवेन्द्र श्रेष्ठ, वामपन्थी बुद्धिजीवी द्वय बासुदेव मिश्र र नीलकण्ठ तिवारी आदिले फोन गर्नु भयो र हाम्रा बिचमा देस, जनता, क्रान्ती र पार्टीको रक्षाको लागि केही गरौं भन्ने प्रसङ्गमा राम्रो सरसल्लाह भयो । यससन्दर्भमा सर्वप्रथम निश्चित सीमा तय गर्ने, ती सीमाभित्र समेटिने विशेष व्यक्तित्वहरुको नामावली संकलन गर्ने, उहाँहरुसँग सम्पर्क गरि एकल वा सामूहिक रुपमा पहिले साइवर र पछि प्रत्यक्ष छलफल गर्ने अनि एउटा कार्ययोजना र एउटा सशक्त प्रभावकारी टीम बनाएर राज्य र आन्दोलनमा हुदैगरेको प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने कार्यक्रमहरु कार्यान्वयन गर्न(गराउने भन्नेमा पुगियो । यसो गर्दा सके त केही न केही सकारात्मक उपलब्धी पनि होला, न भएरनसके पनि कम्तिमा हामीले आफ्नो दायित्व पूरा गर्न गरेको प्रयत्नरसंघर्षले हामीलाई आत्मसन्तुष्टि त देला भनेर केही गर्ने प्रस्ताव अघि सार्ने जमर्काे गरिएको हो ।
हुनत आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद-प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी देखाउँदै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला-गला र गाला–माला मिलाउने ताल, चाल र ढाल चलिरहेकाछन् । यसरी नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था छ । यस्तो जटिल, गम्भीर र संवेदनशील घडीमा पाखा पारिएका र परपर पुगेका पुरानो वा पछिल्लो पुस्ताका पवित्र प्रतिभाहरुले पनि क्रान्ती, मुक्ती र प्रगतीलाई मति र गति दिन जे जति सकिएला दिनुपर्छ, दिऊँ र केही त गरौं है भनेर नै गत फागुन १ गते जनयुद्ध दिवस विभिन्न समूहमा छरिएर रहेका संगठित वा स्वतन्त्र माओवादी जनयुद्धका नेता, कार्यकर्ता, योद्धा र समर्थक-शुभचिन्तक लगायतका केही इमानदार क्रान्तिकारी कमरेडहरुद्वारा अलि भिन्न प्रकारले स्मरण गर्दै मनाइएको थियो । यसरी बागबजारको हार्दिक होटलमा २५ औं जनयुद्ध दिवस मनाएर हामीले जनयुद्धको विचार, लक्ष, मर्म र भावना सही रहेको, त्यसको योगदान र बलिदान अमूल्य रहेको र त्यसका सहिद, बेपत्ता, घाइते र जेल-हिरासतवन्दीहरु सम्मान र सम्झनायोग्य रहेका अनि जनयुद्धको संचालन गर्ने नेता-कार्यकर्ता र जनयुद्धका सहभागी, समर्थक र सहयोगीहरुको त्याग, तपस्या र लगानी र कुर्वानी स्तुत्य रहेको संश्लेषण गरिएको थियो ।
साथै उक्त कार्यक्रमद्वारा छरिएर रहेका सम्पूर्ण नेपाली माओवादी कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेस सहिद, बेपत्ता र घाइते योद्धाका अधुरा सपना साकार पारिनुपर्ने, कम्युनिस्ट पार्टीका राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थापक र गुरुहरुका अपूरा नीति, योजना र कार्यक्रमहरु पूरा गरिनुपर्ने जस्ता महत्वपूर्ण सन्देस संप्रेषण गर्ने प्रयत्न भएको थियो । त्यसैले पनि त्यसलाई निरन्तरता दिन र वर्तमानमा पार्टी र राज्यको नेतृत्व, समग्र पार्टीपंक्ति, राज्यव्यवस्था अनि समाज र संस्कार– संस्कृतिमा अन्तर्निहित व्यक्ताव्यक्त, दृश्यादृश्य र चुरप्रचुर विचलन– विघटन, विकृती–विसङ्गती र बाधा-व्यवधानका विरुद्ध अनि प्रतिक्रान्ती र प्रतिगगमनविरुद्ध प्रभावकारी र परिणाममुखी संघर्ष सफल पार्न जरुरी छ । यसरी र यसरी मात्र जनयुद्ध र जन आन्दोलनका असली नीति, निर्णय, निर्देशन, नारा र नायकहरुलाई स्थापित र सम्मानित गर्न सकिन्छ । यसरी नै यसका वास्तविक खलनायकहरुलाई विस्थापित र पराजित गर्न सकिन्छ अनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अग्रगामी र प्रगतिशील उपलब्धीहरुलाई संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ, जो आजको हाम्रो प्रमुख दायित्व र अनिवार्य आवश्यकता पनि हो ।
समाप्त ।
नोट : प्रस्ताव र आवश्यक संयन्त्रबारे आफ्नो मन्तब्य दिनुभए लक्ष सार्थक बनाउन सहज हुन्थ्यो ।
धन्यवाद “
वि.सं.२०७७ वैशाख २२ सोमवार १४:३१ मा प्रकाशित






























