back
CTIZAN AD

नेकपा नेताद्वारा नयाँ विकल्पबारे बहस

वि.सं.२०७७ वैशाख २२ सोमवार

687 

shares

आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद-प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी देखाउँदै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला(गला र गाला–माला मिलाउने ताल, चाल र ढाल चलिरहेकाछन् । यसरी नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था छ ।

२२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण शर्माले नयाँ विकल्पबारे बहस सुरु गरेका छन् ।
पार्टीभित्र व्यक्तिगत स्वार्थ र भ्रस्टाचार लगायतका विकृती, विसङ्गती आराजकता बढेको भन्दै पार्टी भित्र वा बाहिर रहेका निष्ठावानहरु एकजुट भै नयाँ खालको आन्दोलन गर्नुपर्ने उनको प्रस्ताव रहेको छ । प्रस्तावका रुपमा ‘फेयर फाइटरर्स फाउण्डेसन’ गठन गरेर जानु पर्ने भन्दै उनले त्यसका लागि आवश्यक संयन्त्र कस्तो बनाउने भन्ने बारे छलफल चलाउन सबैसँग आग्रह गरेका छन् ।

उनले भनेका छन् :
व्यक्तिगत स्वार्थ र भ्रस्टाचार लगायतका विकृती, विसङ्गती आराजकता मुख्य समस्या भएकोले अब नयाँ संगठन र पार्टी संयन्त्र बन्ने आधार तयार भो भनेर नै सबै पार्टी भित्रका वा बाहिरका Fair Fighter हरुले आफ्नो जिम्मेवारी बोध र बहन गर्ने बेला भो कि भन्ने लागेर मैले त अहिलेलाई Fair Fighters Foundation गठन गरि काम गर्दै जाऔं भनी यसअघि नै भनेको थिएँ । जो प्रस्ताव यस्तो थियो जनयुद्ध दिवस र Fair Fighters Foundation को स्थापनाको आवश्यकता ।

आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ भने साम्राज्यवादी उपभोक्तावादको प्रकोपका कारण भ्रष्टाचार, माओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्यमान्यता र आस्था निष्ठाको राजनीति र संस्कृति लुप्तप्रायः छ । त्यसैले नीति र नैतिकताको जगमा आधारित सहयोग सद्भावको संस्कार र संस्कृती अनि लक्ष – आदर्श केन्द्रीत विचार– राजनीतिको संरक्षण, सम्बद्र्धन, अवलम्बन र कार्यान्वयन गर्नु– गराउनु ऐतिहासिक आवश्यकता भएको छ ।
त्यसकारण,
१) सामान्यत : नेपालको निर्माणदेखि क्रान्ती, मुक्ती, प्रगती र समृद्धिसम्मको लागि लडेका आस्था–आदर्श, निष्ठा–नैतिकता र लक्ष–उद्देश्यमा अविचलित, अथक, अडीग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषतः वामपन्थी विचार र राजनीतिबाट स्वतन्त्रता, समानता र न्यायको लागि योगदान गरेका नेता, कार्यकर्ता र जनताको अनि मुख्यतः दस बर्षे महान जनयुद्धमा होमिएका आस्थाका योद्धाहरुको सम्झना र सम्मान गर्दै उहाँहरुका विचार, आचार, त्याग, तपस्या, बलिदान र योगदानको मूल्यांकन र श्रद्धा, अवलम्बन र कार्यान्वयन, रक्षा र विकास अनि प्रचार र प्रबद्र्धन गर्नको लागि अत्यावश्यक देखिएकोले सच्चा, स्वच्छ र स्वाभिमानी स्वतन्त्रता र समानताका सेनानीहरुको संघ अर्थात्  Fair Fighters Foundation नामक संस्थाको स्थापना वान्छनीय भएको छ ।

२) सामान्यतया हाम्रो आजको सन्दर्भमा Fair Fighters  भन्नाले निम्नानुसारका यशस्वी तपस्वीहरुलाई बुझ्नुपर्ने भएको छ :
क।) संसारका हामी मानवजातिलाई स्वच्छ (Fair) हुन र संघर्ष (Fighters) गर्न शिक्षित– दीक्षित गर्ने राष्ट्रिय– अन्तर्राष्ट्रिय संस्थापक–निर्देशक गुरुहरु ।
ख) प्रमिथसर स्पार्टाकस लगायतका आदि विद्रोहीहरु ।
ग) सामान्यत : संसारभरका न्याय– समानताका आन्दोलनका शहीदहरु, विशेषतः नेपाली जनक्रान्तिका लखन थपादेखी गंगा–शुक्र–दशरथ र धर्मभक्त हुँदै २०२८र२९ को झापा विद्रोह, २०३६, ४६ र ६२र६३का जन आन्दोलन र मुख्यतः २०५२-२०६२ को नेपाली माओवादी जनयुद्धका महान सहिद र वेपत्ता योद्धाहरु ।
घ) नेपाली राष्ट्रियता,जनतन्त्र, जनजीविका र समाजवादी– साम्यवादी आन्दोलनका सम्पूर्ण घाइते-अपाङ्ग र अयोग्य घोषित माओवादी लडाकू योद्धाहरु ।
ङ) क. शिवराज गौतम, अम्बिका साँवा, शक्ति लम्साल आदि जस्ता दिवङ्गत अथक योद्धाहरु ।
च) जिउँदा सहिदका रुपमा कृयाशील स्वच्छ, निस्पक्ष, न्यायप्रेमी, सदाचारी, आदर्शवान र नैतिकवान क्रान्तिकारी नेता– कार्यकर्ता र आमजनसमुदायहरु, आदि ।

३) आज प्रायः संसारैभरी र त्यसमा पनि नेपालमा मालेमावादी क्रान्तिकारी विचार–सिद्धान्त, मूल्य–मान्यता, नीति–नैतिकता र आस्था–निष्ठाजन्य राजनीतिको खडेरी पर्दै गैरहेको अनि विगत र वर्तमानमा यसको निम्ति रगत– पसिना बगाएका सीधा– सादा, स्वच्छ– स्वस्थ, इमान्दार र नैतिकवान अग्रज– दिग्गजहरुलाई सम्मान गर्नेभन्दा पनि उपेक्षा र उपहास गर्ने अन्यायपूर्ण र प्रतिक्रान्तिकारी संस्कार र संस्कृती बढ्दै गैरहेको दुखद् अवस्था छ । यो अवस्थामा क्रान्तिकारी इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै वर्तमान र भावी पिंढीलाई यसतर्फ आकर्षित र उत्प्रेरित गर्न नित्तान्त जरुरी भएको छ ।

४) यस सन्दर्भमा विश्व इतिहास र नेपालको इतिहासमा हालसम्मकै गौरवशाली इतिहास हो माओवादी जनयुद्ध र गणतन्त्रको इतिहास । त्यसैले यो इतिहास निर्माणमा निशङ्क, निस्वार्थ र निर्भिक रुपमा लगानी र कुर्वानी गर्ने सहिद, वेपत्ता योद्धा र घाइत–अपाङ्गलगायत सम्पूर्ण सतीसालजस्ता आस्थाका योद्धाहरुको विशेषरुपले सम्झना, सम्मान र सलामी गर्नु यस संस्थाको उद्देश्य र कार्यभार हुनेछ ।

५) अहिले नेपालको इतिहासमा एक महान्, भव्य र दिव्य परिघटनाको रुपमा स्थापित माओवादी जनयुद्धको सुरुवात गरिएको अविस्मरणीय र ऐतिहासिक दिन फागुन १ नजिकिएको छ । उक्त दिनमा नै २०५२ सालमा देसभरमा जम्मा दुई वटा बन्दुक र ७० जना पूर्णकालीन नेता, कार्यकर्ता र लडाकाहरु मात्रले सामान्यतः विविध जाती, वंश र कालखण्डमा १८०० बर्षभन्दा पहिलेदेखि रहिआएको र विशेषतः २४० बर्षदेखी निरन्तर रुपमा एउटै वंश शाहवंशको रुपमा जरा गाडेर बसेको सामन्तवादको शक्तिशाली प्रतिनिधि संस्था राजतन्त्र र पछिल्लो अवधिमा विश्व साम्राज्यवादको आडभरोषामा थोपरिएको प्रतिकृयावादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध ‘प्रतिकृयावादी राज्यसत्ताको ध्वंस गरौं ! नयाँ जनवादी व्यवस्थाको स्थापना गरौं !’ भन्ने मूल नाराका साथ महान जनयुद्धको घोषणा भएको थियो ।

६) उक्त ऐतिहासिक दिन र उक्त दिन थालनी गरिएको महान जनयुद्धमा बलिदान र योगदान गर्ने महात्माहरुको तत्कालैदेखी सम्मान गर्नु पर्ने जरुरी भएकोले उपरोक्त उद्देश्य र कार्यभार पूरा गर्नको लागि आस्थाको राजनीतिमा समर्पित, सकृय र सादगी व्यक्तित्वहरुको पहल र प्रयत्नमा यो संस्थाको स्थापना गरि काम अघि बढाउन वान्छनीय भएको छ ।

७) तसर्थ सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षमा लडेका र अझै पनि लड्नेस स्वाभिमान, स्वनिर्भरता, स्वविवेकमा बाँचेका र अझैपनी यसरी नै बाँच्न चाहेकास वर्गीय र राष्ट्रिय क्रान्ती, मुक्ती र प्रगतिको लागि सकृय र समर्पित रहेका अनि स्वच्छता, सदाचारीता र नैतिक मूल्य र मान्यतामा अडेका सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु, पक्का देसभक्त र जनवादी योद्धाहरु तथा वास्तविक वामपन्थी र प्रगतिशील व्यक्तित्वहरु एवम् राज्यसत्ता वा पार्टीसत्ताका विविध जालझेल, अन्याय– अत्याचार, शोषण– दमन र हेला– होंचोमा परेर पनि तिनका विरुद्ध सक्दो विरोध, अवरोध र प्रतिरोध गरेका वा गर्न चाहेका सम्पूर्ण महानुभावहरुलाई यस संस्थामा समेटिएर सक्दो योगदान दिन र यथोचित आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त गर्नको लागि हार्दिक आग्रह गर्दै एकीकृत र केन्द्रीकृत हुँदै समष्टिगत र संस्थागत रुपमा अघि बढ्नु अत्यावस्यक भएको छ ।

८) र, आज हामीले यस संस्थामार्फत उठाउनुपर्ने नाराहरु यसप्रकार रहेको देखिएको छ :
–न्याय, समानता र स्वतन्त्रताको अभियान ! स्वच्छता, सदाचारिता र त्याग– बलिदान ! !
– स्वस्थ, संघर्ष, समर्पण र स्वाभिमान ! क्रान्ती, मुक्ती र प्रगतिमा योगदान ! !
– ३ आस्था– निष्ठा र मूल्य–मान्यताको राजनीती ! सहयोग–सद्भाव र सोद्देश्य कुर्वानीको संस्कृति ! !
– राष्ट्रियता, जनतन्त्र र जनजीविका ! जनहितमा होस् हाम्रो भूमिका ! !
– समाजवाद–साम्यवाद र विकास–समृद्धी ! हाम्रो राम्रो रिद्धी– सिद्धि ! !
– फेअर फाइटर्सका सपना–जपना ! साकार पारौं हाम्रा विपना ! !
समाप्त।
यसका साथै हालै पनि यो एउटा अर्काे प्रस्ताव छलफलका लागि भनेर अघि बढाएको छु, जो सामाजिक सन्जाल र मिडियामा पनि आएकै छ ! त्यो पनि यस्तो छ :
(छलफलका लागि )
गम्भीर वर्तमान र गडबड भविष्यबारे सचेत बनौं र केही गरौं ।
नेपालमा विगत लामो समयदेखी भैरहेका बेथिती, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रस्टाचार आदि– इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गैरहेका छन् । त्यसमाथी हालैको आयातित अनिष्ट (कोरोनाभाइरस नामक विश्वब्यापी महामारी) को आतंकसङ्गैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका बिच यस महामारीबाट बच्नको लागि अत्यावश्यक स्वास्थ्यसामाग्री खरिदमा भएको भनिएको भयङ्कर भ्रष्टाचारलाई लिएर भैरहेका चौतर्फी भत्र्सना र भण्डाफोरका कारण दिनानुदिन धोद्रो र कमजोर बन्दै गैरहेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विद्रोह र विष्फोटको वातावरण बनिरहेको छ । वर्तमानको यो अवस्था भनेको निकै नाजुक, संवेदनशील र गम्भीर अवस्था हो । यसै अवस्थालाई पूँजीकृत गर्दै देसी-विदेसी प्रतिकृयावादी -साम्राज्यवादी-विस्तारवादी शक्तिहरुले प्रतिगमन र प्रलयका दुस्प्रयास र षड्यन्त्रहरु गरेर हाम्रो भविष्यप्रति निकै नै गडबड गरिरहेका छन् । अहिले समाजवादी– साम्यवादी क्रान्तिकारी र बैज्ञानिक विचारधारा, व्यवस्था, विधि र व्यवहार तथा यीबारेका वैचारिक वहस आदि सबैको विघटन र विसर्जन हुदैगैरहेको विषम र विडम्बनापूर्ण वर्तमानमा समाजवादी–साम्यवादी सिद्धान्तबाट शिक्षित, सचेत र संघर्षशील सदस्यरनागरिकका नाताले के गरौं, कसो गरौं, केही न केही त गरौं भन्ने लागिरहेको थियो । यसै बिचमा हाम्रो दसबर्से महान् जनयुद्धका सर्वश्रेष्ठ टेक्निकल साइन्स विभागका प्रमुखरकमाण्डर क। दिवाकर अर्थात् देवेन्द्र श्रेष्ठ, वामपन्थी बुद्धिजीवी द्वय बासुदेव मिश्र र नीलकण्ठ तिवारी आदिले फोन गर्नु भयो र हाम्रा बिचमा देस, जनता, क्रान्ती र पार्टीको रक्षाको लागि केही गरौं भन्ने प्रसङ्गमा राम्रो सरसल्लाह भयो । यससन्दर्भमा सर्वप्रथम निश्चित सीमा तय गर्ने, ती सीमाभित्र समेटिने विशेष व्यक्तित्वहरुको नामावली संकलन गर्ने, उहाँहरुसँग सम्पर्क गरि एकल वा सामूहिक रुपमा पहिले साइवर र पछि प्रत्यक्ष छलफल गर्ने अनि एउटा कार्ययोजना र एउटा सशक्त प्रभावकारी टीम बनाएर राज्य र आन्दोलनमा हुदैगरेको प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने कार्यक्रमहरु कार्यान्वयन गर्न(गराउने भन्नेमा पुगियो । यसो गर्दा सके त केही न केही सकारात्मक उपलब्धी पनि होला, न भएरनसके पनि कम्तिमा हामीले आफ्नो दायित्व पूरा गर्न गरेको प्रयत्नरसंघर्षले हामीलाई आत्मसन्तुष्टि त देला भनेर केही गर्ने प्रस्ताव अघि सार्ने जमर्काे गरिएको हो ।

हुनत आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद-प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी देखाउँदै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला-गला र गाला–माला मिलाउने ताल, चाल र ढाल चलिरहेकाछन् । यसरी नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था छ । यस्तो जटिल, गम्भीर र संवेदनशील घडीमा पाखा पारिएका र परपर पुगेका पुरानो वा पछिल्लो पुस्ताका पवित्र प्रतिभाहरुले पनि क्रान्ती, मुक्ती र प्रगतीलाई मति र गति दिन जे जति सकिएला दिनुपर्छ, दिऊँ र केही त गरौं है भनेर नै गत फागुन १ गते जनयुद्ध दिवस विभिन्न समूहमा छरिएर रहेका संगठित वा स्वतन्त्र माओवादी जनयुद्धका नेता, कार्यकर्ता, योद्धा र समर्थक-शुभचिन्तक लगायतका केही इमानदार क्रान्तिकारी कमरेडहरुद्वारा अलि भिन्न प्रकारले स्मरण गर्दै मनाइएको थियो । यसरी बागबजारको हार्दिक होटलमा २५ औं जनयुद्ध दिवस मनाएर हामीले जनयुद्धको विचार, लक्ष, मर्म र भावना सही रहेको, त्यसको योगदान र बलिदान अमूल्य रहेको र त्यसका सहिद, बेपत्ता, घाइते र जेल-हिरासतवन्दीहरु सम्मान र सम्झनायोग्य रहेका अनि जनयुद्धको संचालन गर्ने नेता-कार्यकर्ता र जनयुद्धका सहभागी, समर्थक र सहयोगीहरुको त्याग, तपस्या र लगानी र कुर्वानी स्तुत्य रहेको संश्लेषण गरिएको थियो ।

साथै उक्त कार्यक्रमद्वारा छरिएर रहेका सम्पूर्ण नेपाली माओवादी कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेस सहिद, बेपत्ता र घाइते योद्धाका अधुरा सपना साकार पारिनुपर्ने, कम्युनिस्ट पार्टीका राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थापक र गुरुहरुका अपूरा नीति, योजना र कार्यक्रमहरु पूरा गरिनुपर्ने जस्ता महत्वपूर्ण सन्देस संप्रेषण गर्ने प्रयत्न भएको थियो । त्यसैले पनि त्यसलाई निरन्तरता दिन र वर्तमानमा पार्टी र राज्यको नेतृत्व, समग्र पार्टीपंक्ति, राज्यव्यवस्था अनि समाज र संस्कार– संस्कृतिमा अन्तर्निहित व्यक्ताव्यक्त, दृश्यादृश्य र चुरप्रचुर विचलन– विघटन, विकृती–विसङ्गती र बाधा-व्यवधानका विरुद्ध अनि प्रतिक्रान्ती र प्रतिगगमनविरुद्ध प्रभावकारी र परिणाममुखी संघर्ष सफल पार्न जरुरी छ । यसरी र यसरी मात्र जनयुद्ध र जन आन्दोलनका असली नीति, निर्णय, निर्देशन, नारा र नायकहरुलाई स्थापित र सम्मानित गर्न सकिन्छ । यसरी नै यसका वास्तविक खलनायकहरुलाई विस्थापित र पराजित गर्न सकिन्छ अनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अग्रगामी र प्रगतिशील उपलब्धीहरुलाई संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ, जो आजको हाम्रो प्रमुख दायित्व र अनिवार्य आवश्यकता पनि हो ।
समाप्त ।
नोट : प्रस्ताव र आवश्यक संयन्त्रबारे आफ्नो मन्तब्य दिनुभए लक्ष सार्थक बनाउन सहज हुन्थ्यो ।
धन्यवाद “

वि.सं.२०७७ वैशाख २२ सोमवार १४:३१ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...