विधान अनुसार बैठक गर,शिर्ष नेता मिलि हिड ।।
एक व्यक्ति एक पद व्यवस्था गरि अगि बढ ।।
पार्टी भित्र विधि बस्छ पद्धतिमा आउँछन तब ।।।
अहंकार व्यक्तिवादी सबै कुरा गर्न छोड ।।
योगदानको मुल्यांकन गर, नाता गुट सबै तोड ।।
नेकपा पछि जनता छन किन गर्छौ हडबड ।।।
पार्टी भित्र फुटाउने नगर षड्यन्त्रका कुरा ।।
जनताले आषा गरेको समृद्ध नेपालको सपना हुन्न पुरा ।।
हाम्रो लक्ष्य धेरैले टाढा छ है यात्रा नहोस् अधुरा ।।।
पार्टीका निर्णय लागू गर्न कसैलाई फुर्सद छैन यहाँ ।।
अवसरका पछि कुददै तछाड मछाड हुन्छ त्यहाँ ।।
समृद्धि र समाजवादका कुरा मात्रै जहाँ ।।।
वि.सं.२०७७ वैशाख २२ सोमवार १३:४५ मा प्रकाशित






























