back
CTIZAN AD

धनाढ्य गभर्नर झापा देखि काठमाडौसम्म करोडौंको जमिन,१ करोड बढीकोे सेयर मात्रै

वि.सं.२०७७ वैशाख २३ मंगलवार

792 

shares

झापामा ३ बिगाहा १ कट्ठा १० धुर जमिन अंश वापत पाएको उल्लेख गरेका छन भने हेटौंडामा २ कट्ठा जमिन ५४ हजारमा किनेको जनाएका छन । ललितपुरको सैंबुमा २२०० बर्गफिटमा १ घर, ललितपुर कै बिभिन्न ठाउँमा ११ रोपनी १० आना ३ पैसा २ दाम जमिन रहेको तथा उक्त जमिनको मूल्य ९० लाख ९७ हजार रहेको पनि उल्लेख गरेका छन ।

२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर माहा प्रसाद अधिकारीले आफ्नो सम्पत्ति बिबरण सार्बजनिक गरेका छन । उनले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार बिभिन्न बैकहरुमा १ लाख ६३ हजार सात सय बैसठी रुपैयाँ नगद रहेको जनाएका छन । सो रकम उनले तलब वापत जम्मा भएको उल्लेख गरेका छन । त्यस्तै नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय अवकास कोष वापतको रकम रहेको उल्लेख गरेका छन ।

त्यस्तै नविल बैंकमा २ हजार तीन सय २ अमेरीकी डलर रहेको पनि सम्पत्ति विवरणमा जनाएका छन । उनको सो रकम बिदेश भ्रमण भत्ता वापतको वचत रकम भएको उल्लेख छ ।

अधिकारीको सम्पत्ति बिबरणमा बिभिन्न बैक तथा बित्तिय संस्था एवं कम्पनीको १ करोड ७ लाख ९० रुपैया बराबरको २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर तथा फण्ड रहेको उल्लेख गरेका छन ।

झापामा ३ बिगाहा १ कट्ठा १० धुर जमिन अंश वापत पाएको उल्लेख गरेका छन भने हेटौंडामा २ कट्ठा जमिन ५४ हजारमा किनेको जनाएका छन ।  ललितपुरको सैंबुमा २२०० बर्गफिटमा १ घर, ललितपुर कै बिभिन्न ठाउँमा ११ रोपनी १० आना ३ पैसा २ दाम जमिन रहेको तथा उक्त जमिनको मूल्य ९० लाख ९७ हजार रहेको पनि उल्लेख गरेका छन ।

२७ तोला सुन, ५० तोला चाँदी, नगद १८ हजार रहेको सम्पत्ति बिबरणमा उल्लेख छ ।
१ लाख ५ हजारको मोटर साईकल तथा ८ लाख ९८ हजारको टोयटा गाडी भएको जनाएका अधिकारीले आफनो छोरा चाहिं सौखिन रहेको संकेत गर्दै ४ लाख ७४ हजार पर्ने मोटर साईकल आफ्नै वचतबाट किनेको उल्लेख गरेका छन ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार २०:४८ मा प्रकाशित

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...