झापामा ३ बिगाहा १ कट्ठा १० धुर जमिन अंश वापत पाएको उल्लेख गरेका छन भने हेटौंडामा २ कट्ठा जमिन ५४ हजारमा किनेको जनाएका छन । ललितपुरको सैंबुमा २२०० बर्गफिटमा १ घर, ललितपुर कै बिभिन्न ठाउँमा ११ रोपनी १० आना ३ पैसा २ दाम जमिन रहेको तथा उक्त जमिनको मूल्य ९० लाख ९७ हजार रहेको पनि उल्लेख गरेका छन ।
२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर माहा प्रसाद अधिकारीले आफ्नो सम्पत्ति बिबरण सार्बजनिक गरेका छन । उनले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार बिभिन्न बैकहरुमा १ लाख ६३ हजार सात सय बैसठी रुपैयाँ नगद रहेको जनाएका छन । सो रकम उनले तलब वापत जम्मा भएको उल्लेख गरेका छन । त्यस्तै नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय अवकास कोष वापतको रकम रहेको उल्लेख गरेका छन ।
त्यस्तै नविल बैंकमा २ हजार तीन सय २ अमेरीकी डलर रहेको पनि सम्पत्ति विवरणमा जनाएका छन । उनको सो रकम बिदेश भ्रमण भत्ता वापतको वचत रकम भएको उल्लेख छ ।
अधिकारीको सम्पत्ति बिबरणमा बिभिन्न बैक तथा बित्तिय संस्था एवं कम्पनीको १ करोड ७ लाख ९० रुपैया बराबरको २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर तथा फण्ड रहेको उल्लेख गरेका छन ।
झापामा ३ बिगाहा १ कट्ठा १० धुर जमिन अंश वापत पाएको उल्लेख गरेका छन भने हेटौंडामा २ कट्ठा जमिन ५४ हजारमा किनेको जनाएका छन । ललितपुरको सैंबुमा २२०० बर्गफिटमा १ घर, ललितपुर कै बिभिन्न ठाउँमा ११ रोपनी १० आना ३ पैसा २ दाम जमिन रहेको तथा उक्त जमिनको मूल्य ९० लाख ९७ हजार रहेको पनि उल्लेख गरेका छन ।
२७ तोला सुन, ५० तोला चाँदी, नगद १८ हजार रहेको सम्पत्ति बिबरणमा उल्लेख छ ।
१ लाख ५ हजारको मोटर साईकल तथा ८ लाख ९८ हजारको टोयटा गाडी भएको जनाएका अधिकारीले आफनो छोरा चाहिं सौखिन रहेको संकेत गर्दै ४ लाख ७४ हजार पर्ने मोटर साईकल आफ्नै वचतबाट किनेको उल्लेख गरेका छन ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार २०:४८ मा प्रकाशित