back
CTIZAN AD

यी हुन् पुलिट्जर पुरस्कारबाट सम्मानित हुने तीन भारतीय पत्रकार

वि.सं.२०७७ वैशाख २३ मंगलवार

828 

shares

२३ बैशाख, वासिङ्टन । भारतीय तीन पत्रकारले फिचर फोटोग्राफीमार्फत् गरेको योगदानका लागि सन् २०२० को पुलिट्जर पुरस्कार प्राप्त गरेका छन् ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँग सम्लग्न डार यासिन, मुख्तर खान र चन्नी आनन्दलाई प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय पुलिट्जर पुरस्कार प्राप्त भएको हो ।

उनीहरूलाई गत अगस्टमा केन्द्र सरकारद्वारा काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्वनपछि काश्मिर क्षेत्रको परिवेशलाई फोटोको माध्यमबाट गरेको विशिष्ठ योगदानका लागि पुरस्कृत गरिएको पुरस्कार छनोट समितिले सोमबार जानकारी गराएको हो ।

यासिन र खानले श्रीनगर र आनन्दले जम्मु क्षेत्रबाट एपीका लागि योगदान गर्छन् ।

आफू पुरस्कृत भएको जानकारीपछि यासिनले ट्वीटरमा लेखेका छन् “सबै दाजुभाइ, साथी तथा सहकर्मीहरूलाई धन्यवाद । सधैँ हामीसँगै उभिएर काममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद । यो हामीहरूले कल्पना गरेकोभन्दा धेरै ठूलो सम्मान हो । प्रतिष्ठित पुरस्कारबाट सम्मानित क्षण विशेष खुशीको क्षण भएको छ ।”

“यासिन र खानजस्तै एपीका लागि काम गर्ने आनन्दले भने,, “पुरस्कारद्वारा सम्मानित भएको खबरले मलाई हर्ष्विभोर बनाएको छ ।”

आनन्दले भने “पुरस्कार पाएको सूचना सुरूमा त विश्वासै गर्न कठिन लाग्यो । खबरले मेरो खुशीको सीमा नै रहेन । मैले फोटोपत्रकारीताका लागि २० वर्षदेखि गरेको परिश्रम सार्थक बनेको छ ।” एएनआई

वि.सं.२०७७ वैशाख २३ मंगलवार २१:२१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...