back
CTIZAN AD

ओली–प्रचण्ड बीच बैठक बोलाउने सहमति

वि.सं.२०७७ वैशाख २४ बुधवार

714 

shares

२४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच स्थायी समितिको बैठक बोलाउने सहमति भएको छ ।

नेकपाको आज साँझ आयोजित सचिवालय बैठकपछि दुई नेताको छलफलबाट सो सहमति गरिएको बताइएको छ । प्रधानमन्त्री ओली निकट सुत्रका अनुसार विवाद र मतान्तर रहेपनि बैठक गर्ने कुरामा २ नेता बीच सहमति भएको हो । तर सो सुत्रले स्थायी समितिको बैठक कहिले गर्ने बारेमा खुलाएन ।

२० जना स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलिको नियत र कार्यशैलीको आलोचना गर्दै आएका बेला वैशाख २० गते भएको सचिवालय बैठकले २५ गतेका लागि स्थायी समितिको बैठक तोकेको थियो र सो बैठकको कार्यसूचि(एजेण्डा) सहित प्रतिवेदनका लागिकार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताइएको थियो ।

यस बिचमा बैठक लगत्तै ओलिले आफू निकटसँग कुराकानी बढाएको, प्रचण्ड–माधब पक्षले बैठक र भेला गर्न सुरु गरेको, भैंसेपाटी पछि हात्तिवन बैठक गरेको, वामदेव समेत खुमलटार पुगेको जस्ता विषय संचारमाध्यममा आएका थिए ।

नेकपाको एक स्रोतले २४ गते साँझको सचिवालय बैठकमा माधव नेपालले ओलीलाई पार्टी पद्दतिमा चल्नु पर्छ भनेर भनेको र अधिकांश सदस्यले समर्थन गर्दा ओलि रिसाएर बैठकबाट बाहिरिएको भनेपनि प्रधानमन्त्रीको कार्यव्यस्तताले प्रचण्डलाई बैठक चलाउन भनेको अर्को स्रोतले बताएको छ । सचिवालयको बैठक स्थगित भएपछि दुई अध्यक्षले स्थायी समितिको बैठक बोलाउने सहमति गरेपनि मिति र समय निर्धारण गर्न नसकेको भने स्विकार गरिएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार २१:४० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...