back
CTIZAN AD

नेपाली दूतावास र एनआरएनए कतारद्धारा कोरोना प्रभावित ६०९ नेपालीलाई राहत वितरण

वि.सं.२०७७ वैशाख २४ बुधवार

969 

shares

२४ बैशाख, कतार । नेपाली दूतावास कतारले कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेका ६०९ जना नेपालीलाई राहत वितरण गरेको बताएको छ ।

दूतावासले कतार च्यारिटीसँग समन्वय गरी उक्त सँस्थाको सहयोगमा समस्यामा परेका ६०९ जना नेपालीहरुलाई राहत खाद्यसामग्री वितरण गरिएको बताएको छ ।

दूतावासका अनुसार उक्त राहत सामग्री गैह्रआवासीय नेपाली संघ कतार मार्फत ३३० प्याकेट र राजदूतावासले प्रत्यक्ष रुपमा २७९ प्याकेट वितरण गरिएको हो । उक्त राहत खाद्यसामग्री प्याकेटमा एक जनालाई दुई हप्ताको लागि पुग्ने खाद्यान्न रहेको जानकारी समेत दूतावासले दिएको छ ।

दूतावासले कोभिड १९ बाट प्रभावित नेपालीहरुले दूतावासमा गरेका विभिन्न प्रकारका गुनासाहरुको समाधानका लागि रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धीत निकाय एनआरएनए तथा समुदायसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको पनि जानकारी दिएको छ ।

दूतावासको अनुरोध

हालको असहज परिस्थितिमा आफूलाई परेका समस्याको जानकारी तथा गुनासाहरु राख्न अथवा आफ्ना चासो धारणा वा जिज्ञासा राख्न अन्य माध्यमका अतिरिक्त दूतावासले प्रयोगमा ल्याएको नयाँ WhatsApp नम्बर +974 33560117 मा Text वा Voice Message पठाउन सकिने व्यहोरा अनुरोध छ ।

यसका साथै कतारमा रहेका नेपालीहरुको अवस्था र समस्याहरुको अभिलेखीकरण गरी त्यसको विश्लेषणबाट दीर्घकालीन रुपमा समस्याहरुको समाधानका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रयासस्वरुप दूतावासले प्रयोगमा ल्याएको गुगल फर्म https://forms.gle/2pqn6fJ5aTCFex1b6 मा आफ्नो विवरण भरी सहयोग गरिदिनुहुन समेत सबैमा पुन अनुरोध छ ।

 

वि.सं.२०७७ वैशाख २४ बुधवार २०:५८ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...