back
CTIZAN AD

विदेशमा रहेका नेपालीबारे सरकारलाई ८ बुँदे सुझाव

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

921 

shares

२६ वैशाख, काठमाडौँ । विवेकशील नेपाली दलले कोरोनाका कारण विभिन्न देशमा संकटमा परेका नेपाली बारे सरकारलाई जानकारी गराएको छ ।

विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेको नेतृत्वको एक टोलिले विदेशमा रहेका नेपाली बारे सरकारले प्रभावकारी कदम नचालेको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा विश्वको १४० देशमा रोजगारी, व्यवसाय वा उच्च शिक्षा हासिल गनको निम्ति छरिएर रहेका करिब एक चौथाई जनसंख्या विदेशी भूमिमा रहेको र उनीहरुप्रति सरकार जिम्मेवार अभिभावकको रुपमा प्रस्ततु हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

धेरै नेपालीहरु नेपाल फर्कन चाहेको तर सरकारले आवश्यक चासो नदेखाएको ठहर गर्दै यो जटिल घडीमा राज्यले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि तत्काल राहत तथा उद्धारको थालनी गर्न सरकारसँग माग गरेको छ ।

सो अवसरमा विवेकशीलका अध्यक्ष पाण्डेले सरकारले विदेशमा रहेका नेपालीको बारेमा सरकार गम्भीर नदेखिएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न अपिल गरेका थिए । सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को डाटा, आफ्नो विदेशमा रहेको सङ्गठन अनि विवेकशील नेपालीसँग भएको स्रोत साधन दिएर सहयोग गर्न तयार रहेको कुरा समेत बताएका थिए।

विवेकशील नेपालीका नेताहरुले अहिले समस्या परेका नेपालीहरुलाई उद्दार अनि राहतको व्यवस्था गर्न अनि निकट भविष्यमा फर्किदै गरेका नेपालीहरुलाई योजनावद्ध हिसाबबाट व्यवस्थापन गर्न योजना बनाउन सुझाव दिएका थिए।

जवाफमा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरूले काम गरिरहेको कामको बारेमा जानकारी दिँदै, अहिले परिस्थिति त्यति सहज नभएको तर तत्काल समस्यामा परेका नेपालीहरुलाई फिर्ता गर्ने बारे सरकारले योजना बनाएर काम गरिरहेको बताएको प्रवास प्रदेशका सचिव जीवन कार्कीले जानकारी दिए ।

उक्त भेटमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदी, संघिय समिति सदस्य आशिष राई अनि प्रवास प्रदेशका सचिव जीवन कार्कीको पनि उपस्थिति रहेको थियो ।

टोलीले विदेशमा रहेका नेपालीको समस्यालाई सम्बोधन गर्न चाल्न सक्ने कदमहरू बारे ८ बुँदे सुझावसहितको ज्ञापनपत्र मन्त्री ज्ञवालीलाई बुझाएको हो ।

विवेकशील नेपालीको ८ बुदें सुझावपत्र यस्तो थियो :

विवेकशील नेपालीले प्रवासमा बसेका नेपालीहरूको समस्या बारे वकालत गर्दै आएको छ। विभिन्न देशमा रहेको आफ्नो सङ्गठनहरू मार्फत नेपालीहरूलाई सहयोग गर्ने, चिकित्सक अनि मोनोवैज्ञानिक परामर्श दिने काम समेत विदेशमै गर्दै आइरहेको छ। साथै, विवेकशील नेपाली दलले विदेशबाट फर्केका नेपालीलाई उहाँहरूको योग्यता अनि क्षमता अनुसार स्वदेशमै व्यवस्थापन गर्न ‘वर्क फर नेपाल (Work for Nepal)’ वेब पोर्टल समेत सञ्चालन गर्दै आइरहेको छ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार २०:१५ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...