back

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

वि.सं.२०७३ पुस ८ शुक्रवार

561 

shares
IME Limited
NTC AD

८ पुस,उर्लाबारी (मोरङ) । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो ।

सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गर्नुभएका उहाँले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सक्नु भएन । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाले कतारमा सात वर्ष समय बिताउनुभयो ।

पाँचजनाको परिवारको जिम्मेबारी बोक्नुभएका उहाँले केही समयअघि स्वदेश फर्केपछि थोरै पाखोबारी किन्नुभयो । सानोे घर पनि बनाउनुभयो । स्वदेशमै केही गर्ने सोच बनाएपनि खडकासँग लगानी गर्न पर्याप्त बजेट भएन । कोलबोटे सामुदायिक संस्थाबाट उहाँकी श्रीमती मनकुमारीले रु २५ हजार ऋण लिनुभयो ।

गाउँमा एकीकृत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालित थियो । उहाँले ऋण लिएको सामुदायिक संस्थाले गरिबी निवारण कोषबाट आयआर्जनका लागि अनुदान पायो । त्यहीबाट खडकाले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर लगानी गर्नुभयो । सो ऋणबाट तीन रोपनी पाखोबारीमा अदुवा र एक रोपनी पाखोबारीमा गोलभेँडा रोप्नुका साथै दुई वटा बाख्राको पाठा खरिद गर्नुभयो ।

उहाँले भन्नुभयो – “विदेश त कोही पनि नजाओस्, विदेशको जति परिश्रम स्वदेशमा गरे जति पनि पैसा कमाउन सकिने रहेछ ।” खडकाको बारीमा अहिले अदुवा बिक्रीका लागि तयार भइसकेको छ । प्रतिबोट तीन किलोसम्म अदुवा फलेको छ। गोलभेँडा पनि पाक्न थालेको छ । प्रतिबोट चार किलोसम्म गालभेँडा उत्पादन भएको खड्काको भनाइ छ । गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म लैजानु नपर्ने उहाँले बताउनुभयो । उत्पादन दिनुभन्दा अघि नै व्यापारीले खरिदका लागि बैना दिएका छन् ।

उत्पादन भएको आम्दानीबाट ऋण तिर्ने र बाँकी पैसाले घर खर्च र बालबालिकाको पठनपाठनका साथै बचत गर्छु भन्दै खडकाले “कुम्लेटार क्षेत्रमा सिँचाइका लागि पानीको समस्या नहुने हो भने भएको सबै पाखोबारी भाडामा लिएर भए पनि काम गर्ने सोच रहेको बताउनुभयो ।

परिवारसँग बसेर आम्दानी गर्दा छुट्टै आनन्द हुन चर्चा गर्दै खडका भन्नुहुन्छ– “हाम्रा गाउँका धेरै युवा विदेशिएका छन्, स्वदेशमा लगानी गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ”, उहाँको कामले गाउँमा अरुलाई जागरण ल्याएको कोलबोटे सामुदायिक संस्थाकी अध्यक्ष पवित्रा विश्वकर्माले बताउनुभयो ।

कोलबोटे सामुदायिक संस्थाको सफल कृषक भएको खडकाको कामप्रतिको लगनशीलताले गर्दा संस्थाले पहिलो पटकको उहाँको ऋण भुक्तानीपछि पुनः ऋण लगानी गर्ने सोच बनाएको उहाँले बताउनुभयो ।

कोलबोटे सामुदायिक संस्थाबाट धेरैले ऋण लगे पनि खड्काको जतिको प्रगति गर्न नसकेको कोषाध्यक्ष देवीमाया कुरुङ्वाङको भनाइ छ । उहाँले भन्नुभयो – “आजभोलि संस्थाका सदस्यहरु खडकाको कामप्रति प्रभावित भएका छन् ।” वैदेशिक रोजगारीबाट फर्केकाहरु पनि उहाँकामा गएर बाली लगाउने तरिका र संरक्षणबारे पनि सिक्ने गरेका छन् । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०८:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो...