back
CTIZAN AD

कृषि परियोजना सुरु

वि.सं.२०७३ पुस ८ शुक्रवार

1.1K 

shares

८ पुस,बाबियाचौर (म्याग्दी) । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो ।

परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा तरकारी र नगरपालिकासहित अर्मन, भकिम्ली र बरञ्जामा मकैबालीको उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने वरिष्ठ कृषि विकास अधिकृत, श्यामप्र्रसाद रिजालले बताउनुभयो ।

केन्द्रले एक हजार हेक्टर क्षेत्रफल समेट्ने जनाइएको छ । कृषक समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रीकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ ।

बल्क आयोजना र पकेट क्षेत्रसम्बन्धी कार्यक्रमका लागि कृषि विकास कार्यालयलाई रु एक करोड २७ लाख बजेट प्राप्त भएको छ । पकेट क्षेत्रमा सिँचाइ विस्तार, उपकरण खरिद र उत्पादनमा आधारित अनुदानसम्बन्धी १५ वटा कार्यक्रमका लागि रु ३४ लाख ८० हजार बजेट आएको छ ।

मकैबाली भण्डारण भवन बनाउन रु ३४ लाख तथा दुईवटा कृषि औजार केन्द्र भवन बनाउन रु ४५ लाख बजेट प्राप्त भएको छ ।

कृषि तालिम केन्द्रको भवन बनाउन रु पाँच लाख, तरकारी खेतीका लागि हरित गृह बनाउन रु छ लाख र प्रयोगशाला स्थापना गर्न रु एक लाख ८० हजार प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०८:०९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...