back

कृषि परियोजना सुरु

वि.सं.२०७३ पुस ८ शुक्रवार

798 

shares

८ पुस,बाबियाचौर (म्याग्दी) । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो ।

परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा तरकारी र नगरपालिकासहित अर्मन, भकिम्ली र बरञ्जामा मकैबालीको उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने वरिष्ठ कृषि विकास अधिकृत, श्यामप्र्रसाद रिजालले बताउनुभयो ।

केन्द्रले एक हजार हेक्टर क्षेत्रफल समेट्ने जनाइएको छ । कृषक समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रीकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ ।

बल्क आयोजना र पकेट क्षेत्रसम्बन्धी कार्यक्रमका लागि कृषि विकास कार्यालयलाई रु एक करोड २७ लाख बजेट प्राप्त भएको छ । पकेट क्षेत्रमा सिँचाइ विस्तार, उपकरण खरिद र उत्पादनमा आधारित अनुदानसम्बन्धी १५ वटा कार्यक्रमका लागि रु ३४ लाख ८० हजार बजेट आएको छ ।

मकैबाली भण्डारण भवन बनाउन रु ३४ लाख तथा दुईवटा कृषि औजार केन्द्र भवन बनाउन रु ४५ लाख बजेट प्राप्त भएको छ ।

कृषि तालिम केन्द्रको भवन बनाउन रु पाँच लाख, तरकारी खेतीका लागि हरित गृह बनाउन रु छ लाख र प्रयोगशाला स्थापना गर्न रु एक लाख ८० हजार प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०८:०९ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...