२९ वैशाख, काठमाडौँ । भारतले गरेको पछिल्लो नाङ्गो अतिक्रमणको विरुद्धमा नेपालका नेताहरुसँग आक्रोशित हुँदै देशको नाममा आत्महत्या गर्न नेताहरुलाई सुझावहरु आउन थालेका छन् ।
नेपाली राजनीतिलाई असाध्यै नियालेका पर्यटनविद् ज्योति अधिकारीले राज्य सञ्चालन गर्ने नेतृत्वलाई पटक पटक सुझाव र दबाब दिँदा पनि आफ्नो सार्वभौमिकता र अखण्डता जोगाउन संवेदनशिल नभएको आक्रोश व्यक्त गरेका छन् ।
वर्तमान समस्याको सरल समाधान समेत सुझाएका उनले राष्ट्रवादलाई मागि खाने ढ्वाङ्ग बनाएका नेतागणलाई देशको नाममा सामूहिक आत्महत्या गर्नुस् वा राजनीतिको पुस्ता हस्तान्तरण गर्नुस् भन्ने चुनौति दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :
“देशका सिमाहरुकाे अतिक्रमण: याे बेलायतले भारत छाेडेपछिकाे निरन्तर बिवाधित रहेकाे एउटा समस्याहाे । लगभग त्यहि समय देखिनै त्याहां भारतिय शुरक्षा निकायले आफ्नाे क्याम्प जमायर बसेकाे छ र त्यसकाे logistic सहज बनाउने क्रममा खनिन थालेकाे याे बाटाे अाज कैलाश मानसराेबर सम्मकाे गन्तब्य मात्र हैन चिन र भारतबिचकाे ब्यापारिका महत्वपनि त्यतिनै ल्याउन सक्ने अवस्था छ ।
यसकाे काउन्टर हामिले कागबेनि मुस्ताङ्गहुदै काेरला नाका बाट दिन सक्दथ्याैं। जस्काेलागि मुक्तिनाथ र दामाेदर कुन्डलाई धमकदार हिमालयन “भगभुमि” (भगवानकाे भुमि) बनाई सक्नु पर्दथियाे । २० वर्षदेखि हाम्राे चिच्चाईकाे कुनै अर्थ राखेन नेतागणहरुमा ।
चिच्चाई चिच्चाई राष्ट्रबादिकाे खाेक्क्राे (याे तपाईहरुकाे मागिखाने ढ्वाङ्गि नाराहाे) नाराकाे सट्टा तपाई नेतागणहरु कि देशकाे नाममा समुहिक आत्मा हत्या गर्नुहाेस हैन भने पुस्ताहस्तान्तरण गर्नुहाेस राजनितिलाई । याे वर्तमानकाे उत्तम समाधान हाे र तपाईहरुकाे राष्ट्रभक्तिकाे मापन पनि हुन सक्दछ यसबाट ।
सत्तानै सबैचिज ठान्ने र त्यसलाई सदैव आफ्नाे पकडमा राख्न खाेज्ने तपाईहरुकाे हांडि घाेप्टे संस्कार (संधै राज्यकाे दाेहन गरेर बांच्ने नेपालका नेतागण र त्यसका आश्रितहरु) नै याे देशकाे मुल समस्या हाे ।
बर्तमान सम्याकाे सरल समाधान:
लगभग निर्जन खाेच र उंचाई हुदै बनेकाेयाे याे सडककाे (श्रम, प्रविधि र पुजिंकाे सम्मान गर्दै) जमिनकाे उपयाेग भारतले निश्चित विधि बाट गराेस र हामिलाई त्यहि विधिभित्र रहेने त्यतिनै जिमिन (सडक र वरपर) बंगलादेशकाे सिमा सम्म उपयाेग गर्ने एउटा राम्राे समझदारिकाे पहल गर्नु कसैकाे हार हुदैन ।”
वि.सं.२०७७ वैशाख २९ सोमवार ०९:४० मा प्रकाशित