back
CTIZAN AD

देशको नाममा आत्महत्या गर्न नेताहरुलाई सुझाव

वि.सं.२०७७ वैशाख २९ सोमवार

1.2K 

shares

२९ वैशाख, काठमाडौँ । भारतले गरेको पछिल्लो नाङ्गो अतिक्रमणको विरुद्धमा नेपालका नेताहरुसँग आक्रोशित हुँदै देशको नाममा आत्महत्या गर्न नेताहरुलाई सुझावहरु आउन थालेका छन् ।

नेपाली राजनीतिलाई असाध्यै नियालेका पर्यटनविद् ज्योति अधिकारीले राज्य सञ्चालन गर्ने नेतृत्वलाई पटक पटक सुझाव र दबाब दिँदा पनि आफ्नो सार्वभौमिकता र अखण्डता जोगाउन संवेदनशिल नभएको आक्रोश व्यक्त गरेका छन् ।

वर्तमान समस्याको सरल समाधान समेत सुझाएका उनले राष्ट्रवादलाई मागि खाने ढ्वाङ्ग बनाएका नेतागणलाई देशको नाममा सामूहिक आत्महत्या गर्नुस् वा राजनीतिको पुस्ता हस्तान्तरण गर्नुस् भन्ने चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :

“देशका सिमाहरुकाे अतिक्रमण: याे बेलायतले भारत छाेडेपछिकाे निरन्तर बिवाधित रहेकाे एउटा समस्याहाे । लगभग त्यहि समय देखिनै त्याहां भारतिय शुरक्षा निकायले आफ्नाे क्याम्प जमायर बसेकाे छ र त्यसकाे logistic सहज बनाउने क्रममा खनिन थालेकाे याे बाटाे अाज कैलाश मानसराेबर सम्मकाे गन्तब्य मात्र हैन चिन र भारतबिचकाे ब्यापारिका महत्वपनि त्यतिनै ल्याउन सक्ने अवस्था छ ।

यसकाे काउन्टर हामिले कागबेनि मुस्ताङ्गहुदै काेरला नाका बाट दिन सक्दथ्याैं। जस्काेलागि मुक्तिनाथ र दामाेदर कुन्डलाई धमकदार हिमालयन “भगभुमि” (भगवानकाे भुमि) बनाई सक्नु पर्दथियाे । २० वर्षदेखि हाम्राे चिच्चाईकाे कुनै अर्थ राखेन नेतागणहरुमा ।

चिच्चाई चिच्चाई राष्ट्रबादिकाे खाेक्क्राे (याे तपाईहरुकाे मागिखाने ढ्वाङ्गि नाराहाे) नाराकाे सट्टा तपाई नेतागणहरु कि देशकाे नाममा समुहिक आत्मा हत्या गर्नुहाेस हैन भने पुस्ताहस्तान्तरण गर्नुहाेस राजनितिलाई । याे वर्तमानकाे उत्तम समाधान हाे र तपाईहरुकाे राष्ट्रभक्तिकाे मापन पनि हुन सक्दछ यसबाट ।

सत्तानै सबैचिज ठान्ने र त्यसलाई सदैव आफ्नाे पकडमा राख्न खाेज्ने तपाईहरुकाे हांडि घाेप्टे संस्कार (संधै राज्यकाे दाेहन गरेर बांच्ने नेपालका नेतागण र त्यसका आश्रितहरु) नै याे देशकाे मुल समस्या हाे ।

बर्तमान सम्याकाे सरल समाधान:
लगभग निर्जन खाेच र उंचाई हुदै बनेकाेयाे याे सडककाे (श्रम, प्रविधि र पुजिंकाे सम्मान गर्दै) जमिनकाे उपयाेग भारतले निश्चित विधि बाट गराेस र हामिलाई त्यहि विधिभित्र रहेने त्यतिनै जिमिन (सडक र वरपर) बंगलादेशकाे सिमा सम्म उपयाेग गर्ने एउटा राम्राे समझदारिकाे पहल गर्नु कसैकाे हार हुदैन ।”

वि.सं.२०७७ वैशाख २९ सोमवार ०९:४० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...