१ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय ६३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ३६ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ४४ लाख २८ हजार २ सय ३६ पुगेको छ भने २ लाख ९८ हजार ८३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ जेठ १ बिहीवार ०८:०१ मा प्रकाशित






























