back
CTIZAN AD

डा. महाविर पुनले विग्रिएका डाइलोसिस मशिन निःशुल्क मर्मत गरिदिने

वि.सं.२०७७ जेठ १ बिहीवार

981 

shares

१ जेठ, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा.महाविर पुनले किड्नी डाइलासिस गर्ने संस्था तथा अस्पतालहरुका मशीन बिग्रिएको भए निःशुल्क मर्मत गरिदिने बताएका छन् ।

पुनले कोरोना महामारीका कारण मशीन बिग्रिएर डाइलोसिस गर्ने काम रोकिएको छ भने त्यस्ता संस्थाहरुको मशीन निःशुल्क बनाइदिने जानकारी दिएका छन् । उनले त्यस्ता मशीनहरु आविस्कार केन्द्रले निःशुल्क बनाइदिने भन्दै त्यसका लागि ९८४१५९२३६१ मा फोन गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका ई. जोसेफ श्रेष्ठको अगुवाईमा नेपाल बायोमेडिकल ईन्जिनियर एसोसिएसनको स्वयंसेवक बायोमेडिकल ईन्जिनियरहरुको सहयोगमा मिर्गौला डाईलेसिस गर्ने बिग्रेका मशीनहरु निःशुल्कमा मर्मत गर्न सहयोग गर्ने पनि पुनले जानकारी दिएका छन् ।

डा. पुनले आविस्कार केन्द्रले अहिलेसम्म नेपाल आर्मी अस्पतालको १२ वटा डाईलेसिस मशीनहरु मर्मत गर्न सफल भएको बताउँदै ति मशीनहरु मर्मत गर्नको लागि चाहिने सानातिना पार्टपुर्जाहरु आविस्कार केन्द्रले नै व्यवस्थापन गरेको जानकारी दिएका छन् ।

‘त्यसको साथै अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको टीमले बिभिन्न अस्पतालको ४० वटा भेन्टिलेटरहरु पनि मर्मत गर्न सफल भएका छन् ।’ डा. पुनले भनेका छन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार १२:२७ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...