back

महिला साथिहरुलाई प्रश्न-असक्षम बुढाहरुको सेक्रेटरी बन्ने की नेत्रित्व लिने  ?

वि.सं.२०७७ जेठ १ बिहीवार

408 

shares
NTC AD

महिला अधिकारको लागि खटिनु भएका साथीहरुको अथक प्रयासका बावजुत एउटै पुस्तामा परिवर्तन हुन असम्भव छ। हरेक उमेर समुहको व्यक्तिले, अचम्मसँग पुरुषले भन्दा महिलाले महिला नेत्रित्व माथि,अझ स्वयं आफुले आफैँ माथि धेरै प्रश्न उठाउँछन्। यो पुर्वाग्राही प्रश्नहरुलाई नेत्रित्वलाई जवाफदेही बनाइरहने औजारमा रुपान्तरण गरौँ । पुरुष राजनीतिज्ञहरु त्यति नै प्रश्न गर्ने बानी बसालौँ। यस्ता प्रतिप्रश्नहरुबाट तिखारिएर आउने नेत्रित्व अहिलेको भन्दा पक्कै धेरै सक्षम हुन्छ । महिलालाई दोस्रो दर्जामा सीमित बनाउने व्यवस्थाको सट्टा, आरक्षणलाई नेत्रित्व नत्र बराबार दर्जाको बन्ने व्यवस्थाको रुपमा प्रयोग गरौँ र संकीर्ण मानसिकता क्रमभंग गरौँ ।

कुरा दुई तीन महिना पुरानो हो, पंक्तिकारले स्कुलमा प्राविधिक शिक्षा दिने क्रममा ५-६ जना छात्रछात्राले उत्क्रृष्ट काम गरेका थिए । ती मध्ये २ जनाजस्तो छात्राहरुलाई राम्रो प्रोत्साहन दिने हो भने आदर्श महिला व्यक्तित्व (female role model) नै बन्न सक्ने यस पंक्तिकारले आंकलन गर्यो । तर त्यही आंकलनको बारे दोहोराएर सोच्दा, पंक्तिकार आफ्नै सोच देखेर छक्क पर्यो ? कारण थियो अरु दुई छात्रहरु पनि उति नै अब्बल थिए ।

Photo: http://stefandav.blogspot.com/2008/09/stefandav-tv-maoist-revolution-in-nepal.html

प्रश्नै प्रश्नले घेरियो पंक्तिकार,  किन छात्रहरु चाहिँ आदर्श व्यक्तित्व हुन सक्छ्न भनेर सोचै आएन ? अझ महत्त्वपूर्ण प्रश्न त किन छात्राहरु आदर्श व्यक्तित्व नभई आदर्श ‘महिला’  व्यक्तित्व बन्न सक्ने भनेर किटान गरे ?  के पंक्तिकारले आफ्नो वरिपरि अरु महिलालाई पनि कम आंकेर हेर्थ्यो र ? के उसले प्राविधिक रुपमा सबल महिला देखेकै छैन र रु आफ्नो परिवारमा प्राविधिक रुपमा पुरुष भन्दा महिला सदस्य अब्बल भएको, पंक्तिकारको साथी र चिनजानमा पनि टन्नै प्राविधिक रुपमा सबल महिला छ्न् । उसले सबैलाई उच्च सम्मान गर्दछ । फरक यति होउसका चिनजानको महिला परिक्षित र प्रमाणित(tested and proven) थिए र छात्राहरु अपरिक्षित र अप्रमाणित (unproven) छात्रहरु औँल्याउँदा भने परिक्षित नचाहिने समाजमा व्याप्त आडम्बर उसमा पनि निहित थियो । आफूलाई प्रगतिशील सोच्ने पंक्तिकारको लागि उत्तर पाच्य थिएन । महिलाको सक्षमता प्रतिको पुर्वाग्रह सत्य हो, नेपाली मात्रै हैन विश्वकै समाजको सत्य हो । ‘केटी मान्छे भएर त्यति त गरेकी हो’ र त्यस्तै अर्थका अरु वाक्यहरुको सर्वव्यापी प्रयोगले प्रष्ट हुन्छ महिलालाई तौलिने धरातल कस्तो छ भनेर।

अपवाद बाहेक लगभग सबै घर महिलाले चलाउँछन । समाजमा संवाद र सहिष्णुता कायम राख्न महिलाहरुकै मुख्य योगदान हुन्छ । के गाउँ के सहर,घर बाहिर अर्थोपार्जन गर्ने मामिलामा पनि महिलाहरु निकै अगाडी बढिसके । भित्र बाहिर सबै तिरको काम एक्लै भ्याइरहेका महिलाहरु पनि प्रशस्तै हुन्छ्न् । राजनीतिक उपलब्धीहरु पनि जे जसो पायौँ, त्यहाँ पनि सहाना प्रधान जस्ता नेत्रिहरुको सशक्त सहभागिता थियो । यी सबै योगदानहरुले समष्टिगत लैङ्गिक समानतको यात्रा धेरै अगाडी ल्याए पनि अझै सन्तोषजनक विन्दु भन्दा हामी टाढै छौँ ।

नेपाली संविधान र अन्य कानुनहरुले लैङ्गिक समानता बढाउन आरक्षण लगायत अरु व्यवस्था गरेको छ । शीर्ष राजनीतिक पदमा महिलाहरुलाई ५० % आरक्षणको (प्रमुख र उप प्रमुख मध्ये कुनै एक) व्यवस्था गरिएको छ। तर महिला नेत्रिहरुको अधिकांश उम्मेद्वारीनै उप प्रमुखको लागि दिइन्छ। मानौ ५० %आरक्षण हैन, अघोषित रुपमा महिलाहरुलाई“तिमीहरु हुने नै दोस्रो हो” भन्दै छ । सायद आरक्षणको यस्तै अप्रगतीशील प्रयोगले पनि, ‘महिला कोटामा पुगेकी त हो नि’ जस्ता संवाद छ्याप छ्यापती सुन्न पाइने होला। आरक्षणले बढी महिला नेत्रित्वमा पुगेकाले स्वतः कार्यक्षमता माथि पनि पहिला भन्दा बढी प्रश्न ल्याएको पंक्तिकारको ठम्याइ छ । अरु त छोडदिउँ हाम्रो महामहिम राष्ट्रपति प्रति सामाजिक संजाल र प्रत्येक्ष कुराकानीमा जस्तो छुद्र टिप्पणी गरिन्छ त्यसले नै देखाउँछ हाम्रो समाजको ढोंगीपन।

अबको प्रस्थान अवसरको रुपमा प्रयोग : महिलाहरुको क्षमतामाथि प्रश्न आइरहने हाम्रो समाजको सत्यतालाई, अवसरको रुपमा प्रयोग गरौँ ।

महिला अधिकारको लागि खटिनु भएका साथीहरुको अथक प्रयासका बावजुत एउटै पुस्तामा परिवर्तन हुन असम्भव छ। हरेक उमेर समुहको व्यक्तिले, अचम्मसँग पुरुषले भन्दा महिलाले महिला नेत्रित्व माथि,अझ स्वयं आफुले आफैँ माथि धेरै प्रश्न उठाउँछन्। यो पुर्वाग्राही प्रश्नहरुलाई नेत्रित्वलाई जवाफदेही बनाइरहने औजारमा रुपान्तरण गरौँ । पुरुष राजनीतिज्ञहरुलाई त्यति नै प्रश्न गर्ने बानी बसालौँ। यस्ता प्रतिप्रश्नहरुबाट तिखारिएर आउने नेत्रित्व अहिलेको भन्दा पक्कै धेरै सक्षम हुन्छ । महिलालाई दोस्रो दर्जामा सीमित बनाउने व्यवस्थाको सट्टा, आरक्षणलाई नेत्रित्व नत्र बराबर दर्जाको बन्ने व्यवस्थाको रुपमा प्रयोग गरौँ र संकीर्ण मानसिकता क्रमभंग गरौँ ।

८० को दशकमा बेलायतमा बेरोजगारी र फल्कल्यान्ड युद्ध हल गरेकी म्यारग्यारेट थ्याचर देखि अहिले कोरोनाको उदाहरणीय व्यवस्थापन गरेका ताइवानकि राष्ट्रपति छाइ इङ वनर न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्न लगायतका नेत्रिहरुले पटक पटक देखाइसके कि समस्या समाधानमा महिलाहरु कोही भन्दा कम छैनन् । अझै खलंगाको युद्धमा तोपको गोला छेक्न किलामा छाती थाप्ने बिरङ्गनाको सन्ततीहरुलाई त साँच्चै चाहेको पुरा गर्न आरक्षण नि चाहिन्न । तर हतार भइसक्यो,यो खड्गप्रसाद र शेरबहादुरहरुलाई ठेगान लाउन हजारौँ सुशीला कार्कीहरु अहिले चाहिएको छ । भएको अवसरको सही प्रयोग गर्नु पर्ने बेला यही हो। यो बिकाउ “मर्दहरु”को अकर्मण्यताले सीमामा ह्वाङ्ग भएको लाज छोप्न फेरि नामर्दहरुले छाती थाप्नु पर्ने बेला आएको छ।

त्यसैले महिला साथीहरुलाई एउटै आग्रहस खुट्टा नकमाउ,हरेक खुड्किलोमा प्रतिप्रश्न गर्नेको मुख बन्द गर्देउ । कमजोरलाई दबाउने बलियाका पैताला चाट्ने नेपाली बीरहरुको विकल्प बनिदेउ । यी असक्षम बुढाहरुको दोस्रो दर्जाको सेक्रेटरी बन्ने हैन, नेपालको नेत्रित्व लेउ  ।

 

 

 

वि.सं.२०७७ जेठ १ बिहीवार ११:५८ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...