back
CTIZAN AD

निषेधाज्ञा तोड्दै महिला अधिकारकर्मीले लगाए कपिलवस्तुको प्रहरीचौकीमा तालाबन्दी

वि.सं.२०७७ जेठ १ बिहीवार

648 

shares

१ जेठ, काडमाडौँ । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् ।

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् । प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन । इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो । महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाइन । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए।

वि.सं.२०७७ जेठ १ बिहीवार १६:५४ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...