back
CTIZAN AD

दिल्लीमा अलपत्र पर्वेतेलीलाई अन्तराष्ट्रिय पर्वत समाजद्धारा खाद्यान्न र नगद सहयोग

वि.सं.२०७७ जेठ १ बिहीवार

1.5K 

shares

१ जेठ,पर्वत । प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी लकडाउनका कारण समस्यामा परेका महिला र बच्चाहरु सहित ४० जना पर्वतेलीलाई सहयोग गरेको हो । अलपत्र परेका मजदुर पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा हुन् । उनीहरुलाई प्रतिव्यक्ति भारु १५ सय बरावरको खाद्यान्न र नगद ५ सय रुपैयाँ भारु वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिएका छन् ।

काम गर्दै आएका होटल तथा उद्योगहरू बन्द भएपछि झन्डै ४० दिनदेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको कारण उनीहरुले लामो समयदेखी समस्या भोग्दै आएका थिए ।

समस्यामा परेका मजदुरले सरकारसंग उद्दारका लागि माग गरेपनि सुनुवाई भएको थिएन । दिल्लीमा पर्वतेली नागरिक लकडाउनका कारण अलपत्र परेको खवर अन्तराष्ट्रिय पर्वत समाजमा प्राप्तभए सँगै ८० हजार भारु सहयोग गरिएको अध्यक्ष गिरीले बताए ।

उक्त सहयोग सामग्री बिहिवार (आज) पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आउनु भएकी समाजसेवी मेरी गुरुङ ‘सुश्मा’ र अर्जुन गुरुङको समन्वयमा उनीहरुलाई राहात स्वरुप खाद्यान्न र नगद वितरण गरिएको छ । पीडितहरु सँग अन्तराष्ट्रिय पर्वत समाजका मध्यपूर्व संयोजक कमल लामिछानेले समन्वय गरेका थिए ।

राहात पाएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् । ‘हामी गाँस न बासको अवस्थामा पुग्नै लागेका थियौँ, सबैको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको थियो, सोही समूहका नवीन दर्जीले भने,‘अधिकाँशले बषौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गदै आएका थियौँ भने केहीले बिद्युतीय सामग्रीहरु बिक्रि गर्ने पसलमा हेल्परको काम गदै आएका थियौँ,।’ ‘विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भारत सरकारले लकडाउन गरेकाले हामी बेरोजगार भएका थियौँ । हामीले गरेको अनुरोध र हाम्रा अवस्थाप्रति सहानुभूति प्रकट गदै अन्तराष्ट्रिय पर्वत समाजले गरेको सहयोग प्रति अत्यन्तै आभारी छौँ,’–दर्जीले भने ।

समाजले यस पुण्य कार्यमा साथ दिने सम्पुर्ण सहयोगीमनहरु सगै हाम्रो अनुरोधलाई स्विकार्दै हस्तान्तरणमा समन्वय गरिदिएकोमा पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आएकी समाजसेवी मेरी गुरुङ ‘सुश्मा’ र अर्जुन गुरुङलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजले आपतकालिन राहात कोष स्थापना गरेको छ । कोष मार्फत कोरोनाका कारण अप्ठ्यारोमा परेको प्रवासी पर्वतेलीहरुलाई सहयोग गदै आएको छ ।

समाजले केही दिन अगाडी जिल्ला अस्पताल पर्वतलाई समेत ३२ थान पीपीई लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

समाजका महासचिव गुणराज शर्माले यो हामीले गरेको सानो सहयोग हो। सधै सबैलाई यसरी सहयोग गर्न पनि हामी सक्दैनौं तसर्थ स्थिति विकराल बन्दै गएको अवस्थामा नेपाल भन्दा बाहिर रहेका आफ्ना जिल्लाका नागरिकका समस्याको समाधानका लागि उचित पहल गर्न स्थानीय निकाय , निर्वा्चित प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार १७:१३ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...