back
CTIZAN AD

नेपालमा ८५ हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या २४६ पुग्यो, आइसोलेनसमा २७२ जना

वि.सं.२०७७ जेठ १ बिहीवार

675 

shares

१ जेठ, काठमाण्डौं । नेपालमा विहिबार ( जेठ १ सम्म) ८५ हजार १०० जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३,३७१ ज्नामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २२ हजार ६६४ र आरडिटी प्रविधिबाट ६२ हजार ३३७ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी १३६३ वटा पिसीआर नमुना परीक्षण गरिएको छ भने २००८ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रादेशिक  परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ८६३७, प्रदेश नं २ मा ५,९६४, बाग्मती प्रदेशमा ९,८६१, गण्डकी प्रदेशमा ६,७७१, प्रदेश नं ५ मा ७,९११, कर्णाली प्रदेशमा ७,३०७ र सुदूरपश्चिम प्रदेशमा १५,८९५ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् । जसमा प्रदेश नं १ मा ८२० प्रदेश नं २ मा १,६९६, बाग्मती प्रदेशमा १०९, गण्डकी प्रदेशमा २८६, प्रदेश नं ५ मा ७,९५८ कर्णाली प्रदेशमा १,६०४ सुदूरपश्चिम प्रदेशमा ३,१२७ जना रहेको स्वास्थ्य मन्त्रालयले विहिबार (जेठ १ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा २६६ जना रहेका छन् । जसमा उपत्यकामा ६ जना र बाहिरका अस्पतालमा २६६ जना रहेका छन् । प्रदेश विवरण अनुसार प्रदेश १ मा २१, प्रदेश २ मा १०१, बाग्मती प्रदेश ३७, गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ का अस्पतालमा ११२ जनाले आइसोलसनमा रहेर उपचार गराइरहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमित) मा रहेकाको संख्या ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

आज तीनजना थपिएका सहित संक्रमितको संख्या २४६ पुग्यो
आज थपिएका तीनजना सहित नेपालमा जम्मा संक्रमितको संख्या २४६ पुगेको छ । आज कपिलवस्तुकी ६ वर्षीया बालिका काठमाण्डौं चन्द्रागिरीका ३२ वर्षीय र नवलपरासी देवचुलीका ४९ वर्षीय पुरुषमा संक्रमित देखिएको हो । साथै संक्रमित देखिएका २४६ जनामा ३५ जना निको भएर घर फर्किइसकेका छन् ।

नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

२२ जिल्लाका विभिन्न व्यक्तिमा संक्रमण
हालसम्म २२ जिल्लाका विभिन्न व्यक्तिमा संक्रमण देखिएको छ । जसमा प्रदेश १ का ३ उदयपुर, झापा, भोजपुर, प्रदेश २ का ७ जिल्लामा सप्तरी, रौतहट, वारा, पर्सा, धनुषा, महोत्तरी र सर्लाही, बाग्मती प्रदेशका ४ जिल्लामा धादिङ, काठमाण्डौं, भक्तपुर, चितवन, गण्डकीमा बाग्लुङ, प्रदेश ५ का ५ जिल्ला कपिलवस्तु, रुपन्देही, बाँके, नवलपुर, पश्चिम नवलपरासी र सुदूर पश्चिमका २ जिल्लामा कन्चनपुर र कैलाली जिल्लाका व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

आज स्थल र हवाईमार्गबाट यी प्रदेशमा स्वास्थ्य सामग्री पठाइयो
प्रदेश नं १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गहरुबाट १४ हजार ७०० थान आरडिटी, ७ हजार थान भिटिएम र पिपिईलगायतका सामग्री पठाइएको छ । परीक्षणको दायरा बढाउन र स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने सामग्री त्यहाँ उपलब्ध हुने बताइएको छ । त्यसैगरी विभिन्न २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती जिल्लाहरुमा प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

काठमाण्डौं १३ मा विभिन्न क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुमा परीक्षण गरिने
त्यसैगरी आज काठमाण्डौं महानगरपालिका वडा नं १३ अन्तर्गतका विभिन्न फलफूल तथा तरकारीका बजार समितिका हाताहरु, विभिन्न व्यवसायी तथा ढुवानीसँग सम्बन्धीत व्यक्तिहरु, सरसफाई गर्ने व्यक्तिहरुलाई मध्येनजर गरी ३ सय वढीको पिसीआर र ७ सय बढीको आरडिटी परीक्षण गरिने लक्ष्यसहित स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखा र नेपाली सेनाको टोलीहरु परिचालन गरिएको पनि बताइएको छ ।

पिसीआर प्रविधिबाट परीक्षण बढाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले तत्काल पिसीआर प्रविधिबाट परीक्षण बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधिश डा. मनोज कुमार शर्माको इजलासले पिसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन विहिबार सरकारका नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता कमल बहादुर खत्रीलगायतले बैशाख २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटको सुनवाई गर्दै सर्वोच्चल परीक्षण बढाउन र सोको अभाव हुन नदिन आदेश जारी गरेको हो ।

बैशाख ३१ सम्मको कोरोना अपडेट: साढे ८१ हजारमा परीक्षण, आइसोलेसनमा २३९ र रेडजोनमा ३५४ जना

वि.सं.२०७७ जेठ १ बिहीवार १७:३७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...