back
CTIZAN AD

लकडाउनमा परेका एक परिवारलाई जनसम्पर्क समिति भारतले नेपाल पठायो

वि.सं.२०७७ जेठ १ बिहीवार

975 

shares

१४ मे । नेपाली जनसम्पर्क समिति दक्षिण भारतले उपचारका लागि भारतमा आएर लकडाउनको कारण भारतमै फस्न पुगेको एक परिवारलाई नेपाल फर्काएको छ ।

जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रीय समितिको नेतृ तथा समाजसेवी, बुद्धिजीबी सरस्वती निउरेको विशेष पहल एवम् समितिका केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको मार्गदर्शनमा भारतमा उपचारका लागि आएका दिनेस भट्टराईको परिवारलाई नेपाल पठाएको हो ।

दिनेश भट्टराई र उनको श्रीमती अम्बिका भट्टराई आफ्ना पाँच वर्षिय बालक छोराको आँखाको क्यान्सरको अपरेशन गर्नको लागि तामिलनाडु राज्य चेन्नई शहरको लुकमबाकम कालेज रोडमा रहेको प्रसिद्ध आँखा अस्पताल शंकराचार्यमा आएका थिए । छोराको आँखाको अप्रेसन सफल भएपछि घरजाने मिति आउनु दुई दिन पहिले नै भारत सरकारले कोराना भाइरसको महामारी रोकथामका लागि घोषणा गरेको बन्दाबन्दी(लकडाउन) का कारण लामो समय देखि भारतमा रहँदै आएका थिए ।

चेन्नई सँठोममा रहेको एउटा होटलमा बस्दै आएका भट्टराई परिवारले बसाई अझ लम्बने देखेपछि नेपाल फर्कनका लागि विभिन्न ठाउँहरुमा अनुरोध गरेका थिए । नेपालका संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि टेलिफोन मार्फत कुरा गर्दा उनले ‘अहिलेको स्थितिमा हामीले केही पनि गर्न सक्दैनौं भनेपछि निराश अवस्थामा रहेको बेला नेपाली काङ्ग्रेस युबा नेता गुरुराज घिमिरे र मीन फुयालको सिफारिसमा नेपाली जनसम्पर्क समिती दक्षिण भारतको टीममा खबर आएपछि उनीहरुलाई नेपाल पठाउन पहल सुरु गरिएको थियो । नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय संगठन सचिव चद्रकान्त आचार्यले सम्बन्धित ठाउँमा पुगी उनीहरुको अवस्था र समस्याहरूका बारेमा बुझ्ने काम गरेका थिए ।

केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको परामर्श अनुसार दक्षिण भारतकी समाजसेवी बुद्धिजीवी नेपाली जनसम्पर्क समिति महिला संघकी अध्यक्ष श्रीमती सरस्वती निउरेको टिमले भट्टराई परिवार रहेको होटलमा पुगी सम्पूर्ण विवरण संकलन गरेको थियो । त्यसपछि उनीलाई नेपाल पठाउने प्रक्रियाका बारेमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय कार्यबाहक अध्यक्ष शिवबहादुर बलायरसँग सल्लाह गर्दै अगाडि बढेको श्रीमती निउरेले जानकारी दिइन् ।

सो टिमले आयुक्त निगमको कार्यालय र सम्बन्धित पोलिस इन्स्पेक्टरको कार्यालयमा पुगी उनीहरुलाई नेपालको बोर्डरसम्म जानको लागि चाहिने सबै प्रशासनिक कामहरू पुरा गरेको थियो ।

श्रीमती निउरेको विशेष पहल तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय संगठन सचिव चन्द्रकान्त आचार्य, क्षेत्रीय कार्यबाहक अध्यक्ष शिवबहादुर बलायर, पूर्वी शाखा समितिका अध्यक्ष गंगाराम आचार्यको सहयोगमा गाडीको व्यवस्था गरी चेन्नईको लुगम्बाकमबाट बाटामा कोरोना परीक्षण गराई बन्दोबस्तका साथमा भट्टराई परिवारलाई नेपाल पठाइएको थियो ।

भट्टराई परिवारले आफूहरु सकुशल घर पुगेको खबर गरेको सरस्वती निउरेले बताइन् । उनीहरुले आफूहरुलाई नेपाल पठाउन सहयोग गर्ने नेपाली जनसम्पर्क समिति भारत, नेपाली जनसम्पर्क समिति दक्षिण भारतका सम्पूर्ण टीमका साथै विशेष गरी यस कार्यमा प्रमुख भूमिका निर्वाह गरेकी सरस्वती निउरेलाई धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार १८:१५ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...