back
CTIZAN AD

नेपाली कांग्रेसले बनायो बिनोद चौधरीको अध्यक्षतामा बिशेष समिति

वि.सं.२०७७ जेठ २ शुक्रवार

666 

shares

नेपाली कांग्रेसले उद्योगपति बिनोद चौधरीको अध्यक्षतामा लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना सम्बन्धी अध्ययनका लागि बिशेष समिति गठन गरेको छ ।

विश्वयापी कोरोनाको महामारी र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्नका लागि नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उद्योगपति चौधरीको अध्यक्षतमा विशेष समिति गठन गरेको हो ।

कोरोनाका कारण देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम पार्टीका सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेका हुन् ।

जसको सदस्यहरुमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर के.सी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने बताइएको छ । त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने र समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने जानकारी समेत दिइएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १४:४१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...