संक्रमण फैलन नदिन र महामारी रोकथामको लागि सबै स्वास्थ्यकर्मीहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ । तथापी स्वास्थ्यकर्मीले अपनाउनुपर्ने न्यूनतम तथा आधारभूत कुराहरु वा सावधानीहरू (Standard Precautions) का अभ्यासहरू छन्, जुन सबै स्वास्थ्यकर्मीले बिरामीहरूको देखभालमा प्रयोग गरिनु पर्दछ ।
यी अभ्यासहरू स्वास्थ्यकर्मीको सुरक्षाको लागि र स्वास्थ्यकर्मीबाट बिरामीहरुमा तथा अन्य व्यक्तिहरुमा संक्रमण फैलाउनबाट रोक्नको लागि तयार गरिएको हो ।
बिशेष सावधानी (Standard Precautions) मा निम्न कुराहरु समावेश छन् ।
१. हातको सरसफाइ (Hand Hygiene)
२ व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोग (उदाहरणका लागि पन्जा, गाउन, मास्क, PPE)
३. सुरक्षित इंजेक्शन अभ्यासहरू (Safe Injection Practices)
४.बिरामीको उपचार गर्दा वा सिक वातावरणमा काम गर्दा सम्भावित दूषित उपकरणहरू वा सतहसंग सुरक्षित ह्यान्डलिंग (Safe Handling of Potentially Contaminated Equipment’s or Surfaces in the Patient Environment)
५-स्वाश-प्रस्वाश सम्बन्धित सरसफाई वा स्वच्छता र खोकी लाग्दा अपनाउनुपर्ने साबधानी । (Respiratory Hygiene/cough etiquette)
आइसोलेसनमा अपनाउने साबधानीहरु
आइसोलेसन, अन्तराष्ट्रिय मोडेल हो। जुन भरपर्दो र पूर्ण बैज्ञानिक छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस वा जीवाणुहरूको प्रसार रोक्नको लागि आइसोलेसन बिधि प्रयोग गरिन्छ । यी सावधानीहरूले रोगीहरू, परिवारहरू, आगन्तुकहरू, र स्वास्थ्यकर्मीहरूलाई जीवाणुहरूको फैलावट हुन्बाट बचाउँछ ।
आइसोलेसन सावधानीहरू र रोगनियन्त्रण तथा रोकथाम मार्ग-निर्देशिका (Guidelines for Isolation Precautions) अनुसार निम्न कुराहरु अपनाउनु पर्दछ ।
१-सामान्यतया, कोरोनाबाट संक्रमित बिरामीहरूलाई बिशेष साबधानी अपनाएर अलग्गै राखिन्छ ।
२-त्यहाँ अस्पतालको वा आइसोलेसनमा राखेको कोठाको ढोकामा आगन्तुकहरू रस्वास्थ्यकर्मीहरूलाई सम्झाउन एउटा अलग्गै संकेत वा दिशानिर्देशहरु राखिन्छ जसलाई प्रयोगगर्दा बिशेष सावधानी अपनाउनु पर्छ ।
३-सबै स्वास्थ्य सेवाका कर्मचारी र आगन्तुकहरुले यी संकेत र दिशा निर्देशहरु पालना गर्नु पर्दछ ।
४ -स्वास्थ्यकर्मीहरूले अलग्गै बस्ने कोठा (आइसोलेसन) मा खाना खानुहुँदैन वा पिउनु हुँदैन र कोठामा प्रवेश गर्नुअघि र कोठाबाट बाहिर निस्कनु अघि हातहरू राम्रोसंग सफा गर्नुपर्दछ ।
५-स्वास्थ्यकर्मीहरुले वा उपचारमा संलग्न व्यक्तिहरुले आइसोलेसन कोठामा मोबाइलको प्रयोग गर्नु हुदैन ।
६.आइसोलेशन कोठामा भएका कुनैपनि सामानहरु बाहिर ल्याउनु हुदैन र बाहिर ल्याउनुभन्दा पहिले राम्रोसंग निर्मलीकृत वा डिस्पोजल गर्नु पर्दछ ।
श्वासप्रश्वासको स्वच्छता र खोकी लाग्दा अपनाउने साबधानी
श्वासप्रश्वासको स्वच्छता र खोकी लाग्दा (Respiratory Hygiene/Cough Etiquette) अपनाउने साबधानी भन्नाले संक्रमण सम्बन्धी रोकथामका उपायहरू हुन् ।
स्वास्थ्य संस्थाहरुमा श्वाश-प्रस्वाश सम्बन्धि रोगजस्तैः इन्फ्लूएन्जा वा चिसोबाट हुनेरुघा-खोकी (Common Cold) को संक्रमणलाई कम गर्ने, किन भने रोगीहरू, कर्मचारीहरू, र आगन्तुकहरूलाई कोरोना संक्रमण भए तुरुन्तै चिन्न नसकिंन पनि सक्छ ।
यी साबधानीका महत्त्वपूर्ण उपायहरूका अंश हुन् जुन रोगको प्रसारलाई रोक्नको लागि अनिबार्य रुपमा लागू गर्नुपर्दछ ।
१.कोरोना भाइरस कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्ने बिरामीका परिवारहरू, आगन्तुकहरू, र हेरचाहमा संलग्न व्यक्तिहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुहोस् ।
२-परिवारका सदस्यहरू, आगन्तुकहरू, र हेरचाह प्रदायकहरू पनि बिरामी छन् भने उनीहरूलाई घरमा नै बस्न भन्नुहोस् ।
३- खोकी लाग्यो भने कसरी ढाक्ने र हात धुने बारेमा निर्देशन दिने र चित्रहरूको साथ पोष्ट गरिएका संकेतहरूको प्रयोग गर्नुहोस् ।
४-खोक्दा वा हाच्छिउ गर्दा टिश्यू पेपर वा रुमालहरूको प्रयोग,र प्रयोग गरिएको टिस्यू वा रुमाल ठीक ढंगले डिस्पोज गर्नको लागि निर्देशन दिनुहोस् ।
५-खोकी लागेको व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने सल्लाह दिनुहोस् ।
६-खोकी श्वास प्रणालीको संक्रमण भएको व्यक्तिबाट आफूलाई टाढा राख्ने सल्लाह दिनुहोस् ।
७-बिरामी संगको सम्पर्क पछि हात राम्रोसंग धुने । यो बिरामी, परिवारका सदस्यहरू, आगन्तुकहरू, कर्मचारीहरू, र हेरचाह प्रदायकहरूमा लागू हुन्छ ।
८-तपाईले आफूले जाँच गरिरहेका बिरामीहरू र उनीहरूका आगन्तुकहरूलाई रोग कसरि सर्छ र कसरि सावधानी अपनाउने भन्ने बारे सिकाउनुहोस् ।
सामाजिक दूरी कायम गर्रौ । मास्कको प्रयोग गरौ ।
साबुन पानीले राम्रो संग हात धोऔं ।
कपडा, कपाल, दाह्री, जुत्ता, चप्पलबाट पनि कोरोना संक्रमण सर्न सक्छ
वि.सं.२०७७ जेठ २ शुक्रवार १३:३२ मा प्रकाशित