back
CTIZAN AD

कोरोनाले जन्माएको शून्यता

वि.सं.२०७७ जेठ २ शुक्रवार

831 

shares

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या र त्यसबाट मृत्यु भएकाहरूको गणना गर्दै आज डरैडरको पोकोझैं भएका छौँ हामी । यो बेला हामी कोही पनि पूर्ण रूपमा सूरक्षित छैनौं र एउटा यस्तो अवस्थाबाट गुज्रिरहेका छौं जहाँ हामी पाइला–पाइलामा सचेत र सूरक्षित रहनु आवश्यक छ ।

यति मात्र होइन, यो बेला न त हामीले हिँड्ने डुल्ने गर्न पाएका छौँ न त भोलिको निम्ति भन्दै योजना बनाउने जाँगर नै छ हामीमा । आफ्नै शब्द, सोच र कल्पनाले आफैंलाई सन्तुष्टि नदिएको बेला के हुन्थ्यो र सिर्जना पनि, धेरै लेखकहरू मात्र बन्न सक्ने साहित्य बटुलेर लेख्नको लागि उचित समय र वातावरणको प्रतीक्षामा छन् । अनि गाएर, बजाएर, नाचेर, हसाएर र बोलेर पनि उदासजस्ता देखिन थालेका छन् हिजोआज गायक, सर्जक र कलाकारहरू पनि ।

हिजो समय छैन भन्नेहरू आज समय देखेरै अतालिएका छन्, हिजो नाफामा रहेका कतिपय व्यापारीहरू आज व्यापार व्यवस्थापन र वृद्धि कसरी गर्ने भन्ने चिन्तामा छन् । हिजो घर बस्नै पाइएन अथवा परिवारलाई दिने समय नै छैन भन्नेहरू आज कहिले घरबाट बाहिर निस्कने होला भन्दै छन् । हिजो बिदेशिएकाहरू केही स्वदेश फर्किएका छन् भने कति धेरै फर्कने तयारीमा छन् । हिजो दिनदिनैजसो भेटेर चिया गफ गर्नेहरू आज टाढिएका छन् अनि हिजो हरेक वर्ष हजारौं लाखौं खर्च गरेर सानाठूला भोज गर्नेहरूको इज्जत गर्ने मनोदशा आज कसैमा छैन ।

लक्डाउनका सुरूका केही हप्ताहरूमा हरेक दिन घण्टा दुई घण्टामा फेसबुकमा केही न केही पोस्ट गरि रहनेहरूको दैनिक पोस्टको सङ्ख्या घट्न थालेको छ । धेरै क्षेत्रहरू अनुत्पादक क्षेत्र भएका छन् । कतिको लगानी डुबेको छ, समय अभावको कारण गर्न नभ्याएका कामहरू गरि सक्यौं, किताबहरू पढी सक्यौं र नयाँपुराना चलचित्र पनि सबैसबै हेरि सक्यौं ।

यसरी कोरोनाले आफू हुर्किएर एउटा शून्यता जन्माएको छ । एउटा यस्तो शून्यता, जस्ले हामीलाई हामीले भुलेको मृत्यु र जीवनको महत्व सम्झाएको छ । प्रकृतिलाई समेत आफ्नो इशारामा नचाउन खोज्ने हाम्रो मुर्खताको असर देखाइदिएको छ । भीडको पछि लागेर होइन आफ्नै स्वधर्ममा जिउने प्रण गर्न भन्दै छ र एउटा अध्यात्मीक झिल्को सबैभित्र बालेको छ । अब आउने दिनहरूमा कोरोनाले जन्माएको शून्यतालाई मनन गरेर प्रत्येक पल होसपूर्वक जिउने कि फेरि पनि विवेक बिर्सिएर मात्र बुद्धिको दम्भमा दौडिने, निर्णय र सो अनुसारको भोलि हाम्रै हातमा छ ।

आज हामी मान्छेहरू आफ्नै घरभित्र थुनिएझै बसि रहदा अरू प्राणीहरू भने रमाइरहेका छन् । ती प्राणीहरू, जो शान्त भएर प्रकृतिसङ्गको मैत्रीमै आफ्नो सर्वस्व खोज्छन् र पाउछन् पनि । त्यसैले अब विगतबाट सिकेर बर्तमानको अकाट्य शून्यतालाई सहि दिशा दिनु छ र फेरि बालबालिकाहरू झैँ निश्चल व्यवहार र पवित्र भावनाले बाचेर हेर्नु छ जीवनको एउटा बिल्कुलै नयाँ अनुहार ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १५:०३ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...