back
CTIZAN AD

चिसो मौसममा यी खानेकुरा खादा राम्रो

वि.सं.२०७३ पुस ९ शनिवार

1.4K 

shares

cold-timeचिसोको मौसम सुरु भएको छ । चिसोका कारण रुघाखोकी, ज्वरो लगायतका धेरै बीमारहरू पनि लाग्छन् । त्यस्तै चिसो मौसममा हाम्रो शरिरमा धेरै मात्रामा उर्जाको जरुरी हुन्छ । त्यसकारण यस्तो चीजहरू खानुपर्छ जसले शरीरलाई तातो बनाइराख्नुका साथै इम्युन पावरलाई ठीक राख्छ । चिसो मौसममा प्रोटीन र फाइबर भएको चीजहरू खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
ग्रिन टी– ग्रीन टीमा एन्टीवायरल तथा एन्टी बेक्टीरियल गुण पाइन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढ्छ । यसले वायरल र बैक्टीरियन इन्फेक्सनबाट बचाउछ ।
ब्रोकाउली– चिसो मौसमका लागि ब्रोकाउली पनि फाइदाजनक हुने स्वास्थ्यविज्ञहरू बताउँछन् । यसमा पाइने प्रोटिन, क्याल्शियम, काब्रोहाइड्रेृट, भिटामीन ए लगायतका थुप्रै फाइदाजनक पौष्टिक तत्व पाइन्छ । साथै यसमा फाइटोकेमिकल्स र एन्टीअक्सीडेन्ट पनि पाइन्छ । जसले धेरै प्रकारका बीमारहरूबाट बच्न सहयोग गर्नुका साथै शरीरलाई स्वस्थ्य बनाउँछ ।
माछा – जाडोको मौसममा शरीरका लागि माछा पनि स्वास्थ्यवद्र्धक हुन्छ । माछामा ओमेगा ३ थ्री पाइन्छ । जसका कारण चिसो मौसममा लाग्ने धेरै प्रकारका बीमारबाट बचाउँछ । यसको नियमित सेवनले तपाईको छालामा चमक र शरिरमा रहेको अतिरिक्त चर्वि पनि घटाउने काम गर्छ ।
सौप– सौंपमा क्याल्सियम, सोडियम, फस्फोरस, आयरन र पोटासियम लगायतका महत्वपूर्ण तत्व पाइन्छ । यसले चिसो मौसममा हुने रुघाखोकी तथा घाटीमा भएको इन्फेक्सनमा लाभदायी काम गर्छ ।
मेथी ः मेथी चिसो मौसममा लाभदायक हुन्छ । विशेष गरेर चिसो मौसममा पाइने मेथीमा अत्यन्तै कम मात्रामा क्यालोरी पाइन्छ । साथै क्याल्सीयम, फस्फोरस र आइरन लगायतका भिटामीन पाइन्छ । चिसो मौसममा यसको सेवनले तपार्ईलाई चिसोबाट हुने धेरै बीमारबाट टाढा राख्न सहयोग गर्दछु ।
अन्डापनि फाइदाजनक– अण्डालाई जुनसुकै अवस्थामा पनि लाभदायी मानिन्छ । अन्डामा प्रोटिन, भिटामीन ए र डी जस्ता महत्वपूर्ण पोषक तत्व पाइन्छ । यसमा भरपुरमात्रामा एन्टी अक्सीडेन्ट पाइन्छ । चिसो मौसममा अन्डालाई तपाईको खानामा सामेल गर्नुहोस । यदि तपार्ईले चाहनुभयो भने प्रत्येक दिन एक अन्डा खान सक्नुहुन्छ । अन्डामा रहेको न्युटिएन्ट कोलीन ब्रेस्ट क्यान्सरलाई टाढा राख्न सहयोग गर्ने स्वस्थ्यविज्ञहरू बताउँछन् ।
किवी– किवीमा २७ भन्दा बढी पोषक तत्व पाइन्छ । जाडो मौसममा फल्ने हुनाले यसले रुघा खोकीसँग लड्ने क्षमता बढाउने मात्र नभएर अन्य धेरै प्रकारका रोगहरूसँग लड्न सक्ने क्षमताको विकास गर्छ । किवीमा फाइवर, भिटामीन सी र इ, कयारोटेनाइड्स एन्टी अक्सिडेन्ट तथा अन्य धेरै प्रकारका मिनिरल्स पाइन्छ । किवीलाई आफ्नो खानामा सामेल गरेर भरपुर मात्रामा भिटामीन सी लिन सकिन्छ ।
अमला ः चिसो मौसममा अमला सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । अमलामा धेरै यस्ता पोषकतत्व हुन्छन की जसले चिसो मौसममा धेरै फाइदा दिन्छ । यसमा रहेको भिटामीन सीले इम्युन सिस्टमलाई बलियो बनाउन सहयोग गर्छ । अमलाको सेवनले ब्लड शुगरलाई नियन्त्रण गर्नुका साथै रगतको कमी हुनबाट बाट बचाउछ ।
लसुन ः लसुन हाम्रो दैनिकी भान्सामा नभइ नहुने चीज हो । लसुनको सेवनले शरीरलाई स्वस्य राख्न र ब्याक्टेरीयासँग लड्न शक्ति दिन्छ । यसमा रहेको एन्टी ब्याक्टीरियल गुणले इन्फेक्सन हुनबाट बचाउँछ ।
त्यस्तै अन्य चीजहरू बदाम, ओखर, काजु, पिस्ताले शरिरलाई लामो समयसम्म गर्मी बनाएर राख्न सहयोग गर्छ । साथै तरकारीमा गाजर, मुला, टमाटर बढीमात्रामा लिन सकिन्छ । चिसो मौसममा डिहाइड्रेसनको समस्या पनि देखिन्छ । त्यसकारण भरपुर मात्रामा पानी तथा झोलिलो पदार्थ लिन नभुल्नुहोला ।

वि.सं.२०७३ पुस ९ शनिवार ०५:१५ मा प्रकाशित

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...