भनिन्छ मानिस समाज विना बाँच्न सक्तैन । उसलाई आफ्नो परिवार, आफ्नो मान्छे र जीवन साथी चाहिन्छ । तर, जीवन साथी पाउनका लागि आफूमा भएको धेरै खराबीहरू मनैदेखि बाहिर फ्याक्नुपर्ने हुन्छ भने साथीका धेरै सकारात्मक कुरालाई आफूले अँगालेर जीवनको रथ अगाडि बढाउनु पर्छ । जीवनमा केही त्याग आफूले गर्नुपर्ने हुन्छ भने साथीले पनि केही त्याग गर्नुपर्ने हुन्छ । जसका कारण दुवैजनाको जीवन जीउन सहज हुन्छ र एकअर्काका पुरक बन्न सकिन्छ । आउनुहोस् जानौँ एक अर्काको भावना बुझेर जीवनको रथ कसरी अगाडि बढाउने ।
आफ्नो फाइदा मात्र नसोच्नुस्
मानिसमा इच्छा चाहना बढ्नु स्वभाविक हो । तर, यो जरुरी छैन की तपाईको सबै इच्छा र चाहाना पुरा होस् । खाली आफ्नो फाइदाको बारेमा मात्र सोच्नु पनि कमजोरी हो । हामी नचाहिने कुराको गहिराइमा पुग्छौँ र आफैलाई पीडा दिन्छौँ ।
प्रतिक्रिया दिनको लागि मात्रै कुरा नसुन्नुस्
धेरै मानिस कुरा सुन्नु भन्दा पनि उसको कुराको जवाफ के दिने भनेर सोचिरहेका हुन्छन् । हामी कसैको पनि कुरा ध्यान दिएर सन्दैनौँ, हाम्रो सम्पूर्ण ध्यान उसको जवाफको तयारीमा लागिरहेको हुन्छ । एउटा कुरामा सधै ख्याल गर्नुस् की तपाईलाई कुरा सुनाउने मान्छेलाई सधै तपाईको सल्लाहको जरुरी हुँदैन । केही कुरा त्यत्तिकै पनि गरिएको हुन्छ । कति मान्छेले अरुसँगै बसेर उसलाई आफ्नो मनको कुरा सुनाएर मन हल्का बनाउन खोजेका हुन्छन् । उनीहरूलाई कसैको सल्लाहको जरुरी हुन्छ न कसैको निर्णयात्मक कुराको अपेक्षा गरेका हुन्छन् । यदि तपाई कसैसँग समय बिताउन चाहनुहुन्छ र उसको सच्चा साथी बन्न चाहनुहुन्छ भने पहिले उसको मनको कुरा सुन्नुस र बुझ्नुस् उसले के चाहिरहेको हुन्छ ?
म होइन, हाम्रो बारेमा सोच्नुहोस्
तपाई केवल आफ्नो बारेमा मात्र सोच्न छोडिदिनुस् । यो नसोच्नुहोस की यो संसारमै तपाई सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ भनेर । यदि तपाई दुईजना हुनुहुन्छ भने सोच्नुहोस् अब दुईजनाको जीवन साझा भयो । प्रेम सद्भावसँग सोच्नुहोस कि तपाई एक्लै होइन दुई जीवन जिउँदै हुनुहुन्छ । तपाईलाई यो पनि बुझ्न जरुरी छ तपाईको जीवन कसैको जीवनसँग जोडिएको छ ।
स्वार्थी नबन्नुस
धेरै मान्छेहरू सोच्दैनन् की कसैसँग सम्बन्ध गासिएपछि आफू पनि केही परिवर्तन हुनुपर्छ । उनीहरू सम्बन्धमा कुनै पनि सम्झौता गर्न तयार हुँदैनन् । उनीहरूलाई लाग्छ की यस्तो गर्नु उनीहरूको उचाइ तल झर्छ । तपाई आफ्नो सम्बन्धलाई लिएर विचार गर्नु जरुरी हुन्छ । तपाई आफ्नो साथीको आवश्यकतालाई आफ्नो निजी आवश्यकता भन्दा माथि सोच्न जरुरी हुन्छ । प्रेम त्यागको अर्को नाम हो । यदि तपाईको तर्फबाट केही छोड्नु परेपनि त्यसको लागि तयार हुनु पर्दछ । तपाईको सोचाइ केवल तपाईको साथीको सकारात्मक कुरामा साथ दिएर खुसी राख्नु पर्छ । त्यसकारण त्यस्तो परिवेशमा आफ्नो स्वार्थी भावना छोड्नु नै राम्रो हुन्छ । दुवैजनाले यो कला सिक्न जरुरी हुन्छ ।
हरेक कुरामा दोष नदिनुस्
जीवनमा यो ठूलो कुरा होइन की तपाईले चाहेको सबै कुरा तपाईलाई मिलोस् । कोही पनि व्यक्ति यस्ता सोच भएका मानिससँग सम्बन्ध अघि बढाउन चाहादैनन् जो हरेक कुरामा दोष दिइरहुन । जो मानिस आफू पनि केही गर्दैन् । तर, आफ्ना हरेक कुरामा चासो राख्ने र त्यसलाई नपाउँदा चिन्तित हुने गर्छ ।
तपाईसँग जो मान्छेले जीवन बिताउन चाहन्छ, उ की आफ्नो मनको भित्री कुरा सुनाउन वा तपाईको मनको भित्रि कुरा सुन्न चाहेको हुन्छ । उसले तपाईबाट सकारात्मकता चाहेको हुन्छ । न की हरेक कुरामा रोइरहने यस्तो व्यक्ति जो कुनै पनि कुरामा खुसी हुँदैन ।
खोजीले मात्र काम बन्दैन
तपाईको जीवनमा राम्रो साथीको खोजी कहिले पनि सकिदैन् । खोजीको पछाडि रमाइलो पनि हुन्छ । तर यसको अन्त्य हुनु पनि जरुरी हुन्छ । यदि तपाई निरन्तर यस्तैमा लागिरहनु भयो भने बुझ्नुहोस् तपाई जीवनभर एक्लै रहनुहुन्छ । यस्तो यात्राको कुनै लक्ष्य हुनु जरुरी छ ।
यो नसोच्नुहोस तपाई सधै एक्लै रहनुहुन्छ
“म कसैसँग पनि खुसी हुन सक्तिन” वारम्बार यस्तो सोच आउनु तपाईको एक्लोपनको कारण हुन सक्छ । सबैको जीवनमा यस्तो समय आउछ जहाँ हामी रोकिइरहेका हुन्छौँ । आफ्नो जीवनको पांग्रा रोकिराख्नु ठिक होइन् । यदि तपाई यस्तो सोच्नुहुन्छ भने तपाई एक्लै नै जीवन बिताउदै हुनुहुन्छ । हुन सक्छ यस्तो सोचाइ केही अचम्मको लाग्छ । तर तपाईमा यो विश्वास हुन जरुरी छ की कही न कहि तपाईका लागि साथी बनेको छ । यहि कुरालाई ध्यान दिएर अगाडि बढ्दा लक्ष्यमा पुग्न सजिलो हुन्छ ।
वि.सं.२०७३ पुस ९ शनिवार ०५:२३ मा प्रकाशित