back
CTIZAN AD

सैनिक पोशाकको दुरुपयोग भएपछि सेनाले उपत्यकामा निगरानी बढाउन थाल्यो

वि.सं.२०७७ जेठ ५ सोमवार

801 

shares

५ जेठ, काठमाण्डौं । सैनिक पोशाकको दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले उपत्यकामा चेकजाँच तथा निगरानी बढाएको छ ।

सैनिक व्यक्तिहरुको हिँडडुल माथि निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको जानकारी दिएको छ ।

सेनाले आइतबारदेखि उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसँगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको बताएको छ ।

सोहि चेकजाँचको क्रममा दोलखा घर भई हाल बाँसबारीमा होटल व्यवसाय गर्दै आएका गैरसैनिक व्यक्ति सुसील खड्काले सैनिक पोशाकमा लगाई सवारी साधन प्रयोग गरिएको अवस्थामा भेटिएका थिए ।

सैनिक पोशाक लगाएक खड्कालाई बाँसबारीतर्फ जाने क्रममा सोधपुछ गर्दा आफू गैरसैनिक भएको बताएका थिए । सोहि घटनालाई अनुसन्धान गर्दा ती व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडा परेको पाइएपछि सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको समेत बताएको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ०८:४९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...