back
CTIZAN AD

जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा एक युवाको मृत्यु

वि.सं.२०७७ जेठ ६ मंगलवार

915 

shares

६ जेठ,काठमाण्डौं । रोल्पा जिल्ला अस्पतालमा एक युवाको आइसोलेसनमै राखेर उपचार गर्ने क्रममा मृत्यु भएको छ ।

आइतबार राति १० बजे काठमाण्डौंबाट रोल्पा पुगेका उनलाई स्थानीयको आग्रहमा जिल्ला अस्पतालमा स्वास्थ्य जाँचका लागि पठाइएको थियो ।

‘काठमाण्डौंबाट आइतबार राति १० बजे उहाँ आउनु भएको थियो । बाहिरबाट आएको भनेर स्थानीयको आग्रहमा उहाँलाई जिल्ला अस्पतालमा चेकजाँचको लागि पठाइएको थियो,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले संसारन्युजलाई भने, ‘त्यहाँ कोरोना संक्रमण भए\नभएको र्यापिड टेष्ट गरिएको थियो । त्यो नेगेटिभ आएको थियो । दुवै मिर्गाैलाका बिरामी उहाँको सोमबार दिउँसो ४ बजे जिल्ला अस्पतालकै आइसीयुमा मृत्यु भएको हो ।’

२२ वर्षीय ती युवाको सोमबारै पिसीआर प्रविधिबाट श्वाब संकलन गरेर राप्ति बिज्ञान स्वास्थ्य प्रतिष्ठानमा पठाइएको र नमुनाको रिर्पोट आउन बाँकी रहेको नगरप्रमुख केसीले जानकारी दिए ।

लामो समयदेखि दुवै मिर्गौला खराब भएका ती युवा लकडाउन अघिनै मिर्गौला डाइलोसिसमा सहज हुने भन्दै काठमाण्डौं आएका थिए । उनी आइतबार मात्रै रोल्पा फर्किएका हुन् ।

नेपाली सेना तथा प्रहरीको टोलीले उनको शव व्यवस्थापनमा लागेको पनि उनले जानकारी दिए ।
उनमा कोरोना संक्रमण भएको/नभएको रिर्पोट आएपछि मात्र थाहा हुने नगरप्रमुख केसीले बताए ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ०९:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...