back
CTIZAN AD

नेपाली सेनाद्धारा खरिद गरिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

वि.सं.२०७७ जेठ ७ बुधवार

657 

shares

७ जेठ, काठमाण्डौं । नेपाली सेनाद्धारा चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री हवाई मार्ग हुँदै मंगलबार नेपाल ल्याइएको छ ।

कोभिड-१९ रोकथाम र नियन्त्रण प्रतिकार्यको लागि आवस्यक स्वास्थ्य सामग्रीहरु मंगलबार नेपाल आइपुगेको सेनाले जानकारी दिएको छ ।

सेनाले नेपाल वायुसेवा निगमको जहाजबाट १८.७ टन स्वास्थ्य सामग्रीहरु ल्याएको हो । सेनाले जेठ ३ गते १० (दश) वटा कन्टेनरबाट २६५ क्युविक मिटर र सोमबार (पाँच) वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याइसकेको जानकारी दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १६ गतेको बैठकले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी रक्षामन्त्रालयले सेनामार्फत आवश्यकता अनुसार “कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु ‘सरकार–सरकार’ विधिबाट खरिद गरिने भनेर गरिएको निर्णय अनुसार सेनाले खरिद प्रक्रिया अघि बढाएको हो ।

सेनाका अनुसार स्थलमार्गबाट ल्याइएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको Warehouse मा राखिएको र हवाई मार्गबाट मंगलबार ल्याइएका स्वास्थ्य सामग्रीहरु बुधबार स्टोर गरिने छ ।

सेनाले चीनको सरकारी स्वामित्वमा रहेको China Sinopharma International Corporation संग USD 1,84,41,706.35   को औषधीजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु ल्याएको हो ।

त्यस्तै सेनाले नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम जेष्ठ ६ गतेको बिहानबाट क्वारेन्टिनमा रहेको ७ वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात बुधबार काठमाडौंतर्फ प्रस्थान गर्ने छन् । साथै ८ वटा कन्टेनर ट्रक बुधबारदेखि २४ घण्टा क्वारेन्टिनमा राखेर विहिबार काठमाडौंतर्फ हिँड्ने जानकारी समेत दिएको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १०:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...