back
CTIZAN AD

चिठ्ठा सञ्चालन गर सरकार, बिदेशीसँग भिख मागी रहनु नै पर्दैन

वि.सं.२०७७ जेठ ७ बुधवार

717 

shares

विश्वासको खडेरीको अन्त हुने, अनियमितता र भ्रष्टाचारलाई जघन्य अपराधको रुपमा राज्यले व्यवहार गर्ने हो भने र प्रविधिको दुरुपयोग नहुने सम्बन्धित पक्ष इमान्दार र समाज र राज्यप्रति जिम्मेवार एबम जवाफदेहिता अनिबार्य हुने हो भने चिठ्ठा अर्थात् LOTTERY र LOTTO  संचालन गर्दा राष्ट्रलाई घाटा हुँदैन । विश्वका सबै बिकसित– अविकसित देशले संचालन गरिआएका छन् । यसको सकारात्मक पक्ष नै धेरै भएर नै त होला अमेरिका जापान अस्ट्रेलिया बेलायत भारत लगायत धेरै देशमा संचालित छन् ।

नेपालमा पनि एक समयमा जनकल्याण र रेडक्रस भन्ने चिठ्ठा थियो । अलिअलि सम्झना छ – अधिकृतको ५०१ रुपिया तलब हुँदो हो, कसैलाई २० हजारको रेडक्रस चिठ्ठा परेको थियो । त्यस बेला उपत्यकाको धेरै ठाउँमा २–४ हजारमा १ रोपनी जमिन आउँथ्यो । चिठ्ठा संचालनको सकारात्मक पक्ष (उदाहरण अमेरिकाको) नागरिकको पुँजी परिचालन २ प्रत्येक हप्ता कम्तिमा ६ जनालाई बहु मिलियन बनाउने ३ राज्यले कम्तिमा ३५ प्रतिशत राजस्व(TAX ) संकलन गर्ने र त्यहि पैसा कम आम्दानि हुने परिवारको शिक्षा र स्वास्थ्य उपचार लगायत खानेकुरो (कार्ड) दिने, ४ प्रत्येक राज्यमा हज्जारौले रोजगारी (LOTTO/LOTTERY) / LOTTO ले जित्नेलाई पुरस्कार दिएर राखेको निश्चित संकलित रकम मध्य बार्षिक रुपमा सरकारी स्कुल र अस्पताललाई सहयोग गर्ने,  नागरिकको सम्पति नागरिककै हितमा प्रयोग हुने, नागरिकलाई धनि बनाउने, नागरिक कै सम्पतीले अर्काे नागरिक धनि बन्ने, उसले खोल्ने वा संचालन गर्ने व्यवसायले थप हज्जारौले रोजगारी पाउने,  नागरिकको सम्पति नागरिकको हितमा नै लगाउने यस्तो LOTTO/LOTTERY नेपालले किन संचालन नगरेको होला ? इमान्दारिताको कमि भएर ? अथवा बेइमानीको डर ? आाजको आधुनिक प्रबिधिलाई व्यवस्थित गरेर LOTTO संचालन गर, सरकार बिदेशीसँग भिख मागी रहनु नै पर्दैन ।

वि.सं.२०७७ जेठ ७ बुधवार १०:२५ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...