back
CTIZAN AD

प्रधानमन्त्रीलाई दह्रो खुट्टा टेक्न जसपाका युवा नेताको आग्रह

वि.सं.२०७७ जेठ ११ आइतवार

801 

shares

११ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का युवा नेता मिलनकान्छा किरातीले लिपुलेकबारे प्रधानमन्त्रीलाई दह्रो खुट्टा टेक्नु आग्रह गरेका छन् ।

उनी भन्छन् ‘प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्छ । सम्पूर्ण नेपाली एकजुट भएर भूमि फिर्ता ल्याउनुपर्छ ।’

यस विषयमा जसपाले सरकारलाई साथ दिने विश्वास दिलाउँदै तर अपराध, त्रुटि र कमजोरीलाई ढाकछोप गर्न नक्सा फण्डा गरिएको होभने त्यो ठुलो दुर्भाग्य हुने चेतावनी पनि दिएका छन् ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउन डा. बाबुराम भट्टराईले केही समय अगाडी नै सर्वदलीय बैठकमा नक्सा जारी गर्न र भारतसँग वार्ता संवाद अघि बढाउन सरकारलाई सुझाव दिएको स्मरणगर्दै अहिले केही मुठीभरका मिडियाहरु बाबुरामको विरोधमा हात धोएर लाग्नुको अर्थ बुझि नसक्नु रहेकोसमेत उनले बताए ।

उनले थपे, ‘अझ सत्तारुढकै एकजना युवा विध्यार्थी नेता भनिने व्यक्तिले डा.बाबुराम भट्टराईलाई सार्वजनिक रुपमा श्रद्धाञ्जली दिनुजस्तो घृणित र निच अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ । यस्ता प्रवृति बोकेका उमेरले युवा तर विचारले प्रौढहरुले राजनीतिबाट सन्यास लिइदिए समाज बदल्न अहोरात्र खटिने उर्जाशील युवाहरुलाई न्याय हुनेथियो । नयाँ पुस्ताले राजनीतिको विद्यमान फोहर सफा गर्न सक्ने थिए ।’ नयाँ पुस्ताले राजनीतिलाई सभ्य र शिष्ट बनाउन सक्नुपर्ने उनको भनाई थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता र स्वाधीनताको पक्षमा लडेर इतिहास रच्ने मौका आएकोले सत्यनिष्ठ भएर लड्न र पछि नहट्न सुझाव दिए । नयाँ नक्साअनुरुप देसको निसान छापमा परिमार्जन गर्न संविधान संशोधनको प्रकृया अघि बढाउने कुरा स्वागतयोग्य रहेको भन्दै त्यसबेला आदिवासी, जनजाति, मधेशी, मुस्लिमले राख्दै आएको मागको विषयलाई पनि समेट्न सके संविधानकै गरिमा उच्च रहने उनको धारणा थियो ।

वि.सं.२०७७ जेठ ११ आइतवार १०:०४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...