back
CTIZAN AD

क्वारेन्टिनमा रहेका १९ वर्षीय युवाको मृत्यु

वि.सं.२०७७ जेठ २५ आइतवार

825 

shares

२५ जेठ, काठमाण्डौ । डोटीमा क्वारेन्टिनमा रहेका एक युवाको मृत्यु भएको छ ।

डोटीको के.आई. सिंह गाउँपालिका वडा नं ३ दल्लस्थित सिताराम आधारभूत स्कुलमा रहेको क्वारेन्टिनमा रहेका युवाको आइतबार बिहान २ बजे मृत्यु भएको हो ।

दिल्लीबाट ७ दिन अघि आएर सोहि क्वारेन्टिनमा रहेका उनको आइतबार बिहान मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मिना विष्टले संसारन्युजलाई जानकारी दिएकी छन् ।

‘पहिलेदेखि निमोनिया हुने र मुटुको समस्या थियो । दिल्लीबाट आएको ७ दिन भयो । राम्रै बसेका थिए । खाना पनि राम्रै खान्थे हिजो त डेग लगाएर गीत सुनेर रमाइलो पनि गरेका थिए राति त्यस्तो भयो ।’

उपाध्यक्ष विष्टले क्वारेन्टिनमा रहँदा उनमा त्यस्तो केही स्वास्थ्य समस्या नदेखिएको पनि बताइन् ।

क्वारेन्टिनस्थलमै रहेकी उपाध्यक्ष विष्टले मृतकमा कोरोना संक्रमण भए\नभएको भन्ने परीक्षणका लागि श्वाव संकलनका लागि प्रहरी सहितको स्वास्थ्यकर्मीको टोली आइसेकेको पनि जानकारी दिएकी छन् ।

उपाध्यक्षका अनुसार महिला तथा बालबालिका गरेर उक्त क्वारेन्टिनमा हाल ९ जना रहेका छन् ।

के.आई.सिंह गाउँपालिकामा रहेका विभिन्न स्कुलहरुमा बनाईएको २७ वटा क्वारेन्टिनमा झण्डै १४ सय जनालाई राखिएको पनि उपाध्यक्षले जानकारी दिइन् ।

वि.सं.२०७७ जेठ २५ आइतवार ०७:४८ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...