back
CTIZAN AD

सिन्धुपाल्चोकमा मानवअधिकार हननका २६ घटना

वि.सं.२०७३ पुस ११ सोमवार

1K 

shares

११ पुस,मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

सार्वजानिक गरेको तथ्याङ्कमा भने राज्यको तर्फबाट भएको मानव अधिकारसम्बन्धी घटना समावेश छैन भने कालीका गाविसस्थित उखुबारीमा भएको घटनाको तथ्य सङ्कलन गर्न बाँकी रहेको समेत जानकारी दिएको छ ।
मानव अधिकार हनन भएका २६ पीडितमध्ये २३ महिला र तीन पुरुष रहेका छन् । मानव अधिकार हनन गरेको आरोप आठ महिला र २७ पुरुष गरी ३५ जनालाई लगाइएको मानव अधिकारकर्मी नातीबाबु धितालले जानकारी दिनुभयो ।

मानव अधिकार हनन भएको घटनामा संलग्नमध्ये १९ वटा आरोपीलाई कानुनी कारबाही गरिएको छ भने छवटा मिलापत्र गरिएको छ ।

चार वटा हत्या, बाल अधिकार हननसम्बन्धी सात वटा, महिला अधिकारसम्बन्धी १४ वटा, कुटपिटसम्बन्धी तीन वटा र एउटा आगजनीबाट जम्मा २९ रहेको इन्सेकले जनाएको छ । नागरिकको स्वास्थ्य अधिकार पनि जिल्लामा सन्तोषजनक नभएको तथ्याङ्कमा उल्लेख छ ।
बाल विवाह सिन्धुपाल्चोकको मुख्य चुनौतीको रुपमा रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य सोम सापकोटाले बताउनु भयो ।
त्यस्तै महिला र पुरुषको एउटै काम भए पनि ज्यालामा हुने विभेद र अन्य क्षेत्रमा समेत पछि पारिएको सापकोटाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ पुस ११ सोमवार ०४:५१ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...