back
CTIZAN AD

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड–१९ सङ्क्रमित !

वि.सं.२०७७ जेठ २७ मंगलवार

750 

shares

२७ जेठ, तेहरान । इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका एक सदस्य एहसान मोस्तफावीले भने, “कोभिड–१९ प्रभाव अध्ययन दलको तथ्याङ्क अनुसार इरानमा एक करोड ५० लाख नागरिकले कोभिड–१९ सङ्क्रमणजन्य समस्याको सामना गरेका छन् ।”

“यसको अर्थ भाइरस ‘हामी वा समग्र विश्वले कल्पना गरेभन्दा निकै कम घातक थियो’,” मोस्तफावीलाई उद्धृत गर्दै इरानी समाचार संस्था आइएसएनएले जनाएको छ ।

यो तथ्याङ्कले आठ करोड जनसङ्ख्या रहेको इरानको करिब १८.७५ प्रतिशत व्यक्ति सङ्क्रमित भएको प्रक्षेपण गरेको छ ।

इरानमा मङ्गलबार पनि ७४ थप व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म इरानमा सङ्क्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भएका व्यक्तिको सङ्ख्या आठ हजार ४२५ पुगेको इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

इरानले परीक्षणबाट एक लाख ७५ हजार ९२७ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरेको छ भने विगत २४ घण्टामा थप दुई हजार ९५ व्यक्ति सङ्क्रमित भेटिएका छन् ।

एक करोड ५० लाख सङ्क्रमित भन्ने तथ्याङ्कलाई ‘सावधानीका साथ हेरिनुपर्छ’ कार्यदलको अध्ययन प्रतिवेदन ‘विश्वका अन्य मुलुकहरूमा गरिने अध्ययनसँग हुने हदसम्म समानता रहेको’ मेस्तफावीले भने ।

उनले भने, “सङ्क्रमण भई निको भइसकेका विरामीको शरीरकको एन्टीबडी तत्व नाप्ने ‘सेरोलोजी’ परीक्षणबबाट यो अध्ययन प्रतिवेदनको निष्कर्ष निकालिएको हो ।”

यो परीक्षण ‘पोलिमराज चेन रिएक्सन (पीसीआर)’ परीक्षणभन्दा फरक छ जसले एन्टिजेन अर्थात रोग प्रतिरोधात्मक तत्वहरूको उपस्थितिलाई पत्ता लगाउँदछ ।

इरानले १० लाखभन्दा बढी नागरिकहरूको सङ्क्रमणको अवस्था थाहा पाउन (पुष्टि गर्न) गरिने पीसीआर परीक्षण गरेको र अहिलेसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको बताएको छ । (रासस/एएफपी)

वि.सं.२०७७ जेठ २७ मंगलवार २२:२४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...