back
CTIZAN AD

निर्माण कार्यमा ढिलासुस्तीको नमुना बन्यो जिविसकै भवन

वि.सं.२०७३ पुस ११ सोमवार

1K 

shares

११ पुुस,सोलुखुम्बु। सोलुखुम्बुमा निर्माण थालिएको जिल्ला विकास समितिको भवन निर्माण तीन वर्षसम्म पनि बन्न सकेको छैन ।

भूकम्प, नाकाबन्दी तथा वर्षायामका कारण देखाउँदै ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दा भवन अलपत्र बनेको हो । विसं २०७१ साल असोजमा सक्ने गरी २०७० साल असार २८ गते दाप्चा धुलिखेल जेभीसँग सम्झौता भए पनि निर्माण सम्पन्न गर्ने म्याद बितेको दुई वर्ष बितिसक्दा समेत अझै आधा काम बाँकी रहेको छ ।

पछिल्लो समय म्याद थप गरी २०७३ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि निर्माणको काम सुरु हुन सकेन । विकासको काम गर्ने जिल्ला विकास समितिको भवननै समयमा निर्माण नभएको जिविसले जनताको विकासको काम समयमा कसरी गर्न सक्ला भन्ने प्रश्न उठन थालेको छ ।

जिल्लाकै नमुना भवनका रुपमा बनाउने गरी शान्ति तथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा रु पाँच करोड २७ लाखको लागतमा निर्माण गर्ने गरी सम्झौता भएकोमा दुई पटकसम्म म्याद गुजारेको उक्त ठेकेदार कम्पनीले अहिलेसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

निर्माणाधीन भवनको स्ट्रक्चर फ्रेमको काम सकिएको र हाल काम सुरु गर्ने लिखित प्रतिबद्धता जनाएर काम सुरु गरिसकेको जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्रमुख तथा जिल्ला इन्जिनियर पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो । अब पनि समयमा काम सम्पन्न नभए विभागमा कारबाहीका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ ।

यता ठेकेदार कम्पनीका प्रतिनिधि निर्मल श्रेष्ठले भने भूकम्प, नाकाबन्दी तथा वर्षायामका कारण समयमा काम गर्न नसकेको स्वीकार्दै अब जेठभित्र भवन निर्माण गरी जिल्ला विकास समितिलाई हस्तान्तरण गर्ने गरी तीव्र गतिमा काम थालिएको बताउनु भयो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०५:२७ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...