
२८ जेठ, काठमाडौं । सरकारले यस वर्षको एसईई परिक्षा नगर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अब बिद्यालयहरुले बिद्यार्थीको अन्तिम परिक्षामा आएको ग्रेडको आधारमा मुल्याङ्कन गरिने छ ।
आजको बैठकमा बिभिन्न ३ बिकल्पमा छलफल भएको थियो । आन्तरिक मुल्याङ्कन गर्ने, प्रदेशगत रुपमा परिक्षा लिने वा कक्ष १२ मा एकैचोटि एसईई परिक्षा लिने बिषयमा पनि छलफल भएको थियो ।
तर बिद्यालयहरुलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएकोले त्यो सम्भब नहुने भएपछि एसईई नगर्ने निर्णय गरिएको हो ।
अब सम्बन्धित बिद्यालयले बिद्यार्थीहरुको आन्तरिक मुल्याङ्कन गरेर राष्ट्रिय परिक्षा बोर्डमा पठाउने छन र बोर्डले परिक्षफल प्रकाशित गर्ने छ । यस अघि गत चैत्र ६ गतेबाट सुरु गर्ने भनिएको एसईई परिक्षा कोरोना भाईरसको माहामारीका कारण स्थगित भएको थियो ।