back
CTIZAN AD

लकडाउनको मोडालिटी परिवर्तन गर्ने मन्त्रिपरिषदको निर्णय, व्यवसाय गर्न पाईने यातायात आंशिक सन्चालन गर्न दिने

वि.सं.२०७७ जेठ २८ बुधवार

714 

shares

२८ जेठ, काठमाडौं । सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले गत चैत्र ११ गतेदेखि जारी लकडाउनको मोडालिट परिवर्तन गर्ने निर्णय गरेको हो ।

आबस्यक स्वस्थ्यको मापदण्डहरुको पालना गरेर कृषि, पशुपालन तथा ब्यपार ब्यबसाय गर्न पाईने छ भने उपत्यकाको हकमा आंशिक रुपले सवारी साधन चल्न दिईने छ । यो निर्णय बिहीबार देखि नै लागु हुने एक मन्त्रीले बताए ।

त्यस्तै काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ । जसअनुसार ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न पाइने छ । तर लामो रुटकालाई भने अहिले अनुमति दिइएको छैन । तर सवारी साधनमा पनि सामाजिक दुरी कायम गर्न चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजना मात्रै बस्न पाउने निर्णय गरिएको बताइएको छ ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।

धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय सरकारले नयाँ निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ । सरकारले सुरु गरेको लकडाउन भोलि ८० दिन दिन पुग्दैछ ।

चैत ११ गतेदेखि जारी लकडाउन निरन्तर लम्बिँदा दैनिक जीवनयापनमै समस्या पर्न थालेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दबाब बढ्दै आएको थियो भने केहि दिनदेखि लकडाउन खुकुलो बनाउन माग गर्दै सडकमै विरोध प्रदर्शन गरिँदै आएको थियो ।

यस वर्षको एसईई परिक्षा नगर्ने सरकारको निर्णय

वि.सं.२०७७ जेठ २८ बुधवार २३:०४ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...