back
CTIZAN AD

लकडाउनको मोडालिटीमा परिवर्तन, पसल र निजी सवारी साधन चल्ने

वि.सं.२०७७ जेठ २८ बुधवार

783 

shares

२८ जेठ, काठमाडौँ । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

बुधबार राति १० बजे सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै पसलहरू सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णय बिहीबार देखि नै लागु हुने एक मन्त्रीले बताए ।

त्यस्तै काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ । जसअनुसार ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न पाइने छ । तर लामो रुटकालाई भने अहिले अनुमति दिइएको छैन । तर सवारी साधनमा पनि सामाजिक दुरी कायम गर्न चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजना मात्रै बस्न पाउने निर्णय गरिएको बताइएको छ ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।

धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय सरकारले नयाँ निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ । सरकारले सुरु गरेको लकडाउन भोलि ८० दिन दिन पुग्दैछ ।

चैत ११ गतेदेखि जारी लकडाउन निरन्तर लम्बिँदा दैनिक जीवनयापनमै समस्या पर्न थालेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दबाब बढ्दै आएको थियो भने केहि दिनदेखि लकडाउन खुकुलो बनाउन माग गर्दै सडकमै विरोध प्रदर्शन गरिँदै आएको थियो ।

वि.सं.२०७७ जेठ २८ बुधवार २३:०९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...