back
CTIZAN AD

तपाईलाई थाहा छ दीपिका पादुकोणले आफ्नो अंगरक्षकलाई कति तलव दिन्छीन् ?

वि.सं.२०७७ जेठ २९ बिहीवार

750 

shares

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले आफ्नो सुरक्षाका लागि करोडौ खर्च गर्ने गरेकी छन् ।  बलिउडको सिने क्षेत्रमा मात्र नभएर विश्वमै नाम कमाएकी अभिनेत्री दीपीका पादुकोणले आफ्नो सुरक्षामा खटिने अंगरक्षकलाई बार्षिक एक करोड खर्च गर्ने गरेको बलिउड लाइफ डटकमले लेखेको छ ।

बलिउडमा राम्रो पारिश्रमिक लिने र बढी कमाउने अभिनेत्रीका रुपमा रहेकी दीपिकाले आफ्नो सुरक्षाका लागि आफ्ना सुरक्षामा खटिने जलाल नामका अंगरक्षकलाई बार्षिक १ करोड भारु खर्च गर्ने गरेकी हुन् । दीपिका आफ्नो सुरक्षाका लागि बढी खर्च गर्ने अभिनेत्रीका रुपमा मानिन्छीन् ।

उनले जलालाई भाइ मानेर प्रत्येक वर्ष हातमा राखि बानिदिने गरेको समेत बताइन्छ । ३४ वर्षीया यी अभिनेत्रीले २०१८ मा अभिनेता रणविर सिंहसँग बिवाह बन्धनमा बाधिएकी हुन् ।

बेंगलोरमा जन्मिएर मुम्बईमा रहँदै आएकी अभिनेत्री पादुकोण कलेज पढ्दादेखि नै मोडलिङ क्षेत्रबाट सिने क्षेत्रमा प्रवेश गरेकी हुन् । २००७ मा फराह खानद्धारा निर्मित ‘ओम शान्ति ओम’मा साहरुख खानसँगै मुख्य भूमिका निभाएपछि बलिउडमा सफलताको सिढी चढ्दै गएकी हुन् । उनले अहिलेसम्म झण्डै ३ दर्जन बढी फिल्ममा मुख्य भूमिका निभाएकी छन् ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०८:५९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...