back
CTIZAN AD

यस्तो छ तपाईको आज शनिबारको राशिफल, आज यी राशिका हुने छन् लाभान्वित

वि.सं.२०७७ जेठ ३१ शनिवार

723 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ ।साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
समय केही संघर्षमय रहने देखिन्छ । तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ । पेसामा पनि प्रशस्त फाइदा हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । साँझदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्नो मिहिनेतको प्रतिफल भने हातलागी हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोल ा। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । अवसरले उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् ।

वि.सं. २०७७ जेठ ३१ (शनिवार इ.स. २०२० जुन १३)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

वि.सं.२०७७ जेठ ३१ शनिवार ०७:३६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...