
३१ जेठ, काठमाण्डौं । पछिल्लो समय काठमाण्डौं उपत्यका लगायतमा विभिन्न मागराखी भइरहेको गतिबिधिप्रति कोभिड १९ संकट व्यवस्थापन संन्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन समितिले आग्रह गरेको छ ।
‘लकडाउनलाई क्रमशः खुकुलामे बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण र सहयोग गर्नु हामी सबैको दायित्व हो,’ समितिका संयोजक ईश्वर पोखरेलद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘थौरै पनि असावधानीले संक्रमणले भयावह र महामारीको रुप लिन सक्ने खतरप्राति सजग रहन सम्बद्ध सबैमा आव्हान गर्दछौं ।’