back
CTIZAN AD

विभिन्न माग राखि भइरहेको गतिबिधिप्रति सिसिएमसीको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ जेठ ३१ शनिवार

798 

shares

३१ जेठ, काठमाण्डौं । पछिल्लो समय काठमाण्डौं उपत्यका लगायतमा विभिन्न मागराखी भइरहेको गतिबिधिप्रति कोभिड १९ संकट व्यवस्थापन संन्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन समितिले आग्रह गरेको छ ।

‘लकडाउनलाई क्रमशः खुकुलामे बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण र सहयोग गर्नु हामी सबैको दायित्व हो,’ समितिका संयोजक ईश्वर पोखरेलद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘थौरै पनि असावधानीले संक्रमणले भयावह र महामारीको रुप लिन सक्ने खतरप्राति सजग रहन सम्बद्ध सबैमा आव्हान गर्दछौं ।’

वि.सं.२०७७ जेठ ३१ शनिवार ०७:५२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...