back
CTIZAN AD

राष्ट्रको सार्वभौमिकतालाई पैसासँग नसाटिने – डा. रावल

वि.सं.२०७७ जेठ ३० शुक्रवार

855 

shares

३० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य डा. भीमबहादुर रावलले राष्ट्रको सार्वभौमिकतालाई पैसासँग नसाटिने बताएका छन् ।

नेपाल अन्तर्राष्ट्रिय अध्ययन संस्था (NIIR) ले आयोजना गरेको एक वेव प्रवचन कार्यक्रममा बोल्दै नेता रावलले मित्र राष्ट्र र दातृ समुदायको सहयोगबाटै देश चलाइरहनु परेपनि एमसीसी मार्फत गराउन थालिएका कार्यहरु नेपालको सार्वभौमिकता विरोधी रहेको भन्दै पैसासँग राष्ट्रको अखण्डता र अक्षुणता साट्नै नहुने बताएका हुन् ।

सो संस्थाद्वारा आयोजित तेस्रो वेवीनारलाई सम्बोधन गर्दै रावलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समिति बैठकबाट पार्टीको एउटै धारणा बनाउन अध्ययन कार्यदल बनेर प्रतिवेदन पनि बुझाइसकेको स्थितिमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु बाटोबाट एमसीसी बढाउन खोजेकोमा आपत्ति समेत प्रकट गरेका छन् । अमेरिकाको आग्रह र आशय भन्दा पनि एमसीसीको बुँदामा भएका आपत्तिजनक व्यवस्था शंसोधन नगरीकन यसलाई पास गर्नै नहुने र कार्यान्वयनमा लैजान नहुने उनको धारणा थियो ।

परियोजनाको लोगो, बौद्धिक सम्पत्ति, आर्थिक सम्पत्ति प्रयोग सम्बन्धी व्यवस्था र विवाद निरुपण जस्ता विषयमा नेपालको सार्वभौमिकतालाई किचिएको कुरा राख्दै डा, रावलले राजनैतिक सिद्धान्तका आधारमा नभएर राष्ट्रियताको रक्षाका आधारमा एमसीसी हेरिनुपर्ने बताएका थिए ।

कार्यक्रममा श्रीलंकाका अर्थशास्त्री डा. अनिल जे फर्नान्डोले एमसीसीका सकरात्मक र नकरात्मक पक्षबारे धारणा राख्दै श्रीलंकामा सडक र जमीनको परियोजनामा एमसीसी जोडिएको बताएका थिए । श्रीलंकाको राजनैतिक परिवर्तन र त्यहाँका जनताको राष्ट्रवादी भावनाको प्रभावलाई एमसीसीसँग जोडेर बोलेका थिए ।

संस्थाका उपाध्यक्ष युवराज चौलागाईंले एमसीसीको शुरुवात र नेपाल प्रवेशको पृष्ठभूमि सम्बन्धी धारणा राखेका थिए भने प्रा.डा. विश्वम्भर प्याकुरेलले एमसीसी सम्बन्धी परस्पर विरोधी कुराहरु आइरहनुले यसप्रति शंसय उठेको बताएका थिए ।

संस्थाका अध्यक्ष डा. ऋषिराज अधिकारीको सभापतित्वमा संचालित सो कार्यक्रममा नन्दकुमार थापाले अतिथि र सहभागिलाई स्वागत गरेका थिए भने मातृका पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार २०:०७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...