back
CTIZAN AD

पाकिस्तानद्वारा कोरोना सङ्क्रमितहरुमा डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी

वि.सं.२०७७ असार ४ बिहीवार

603 

shares

४ असार, इस्लामाबाद (रासस–एएनआई) – पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा पाँच हजार ८३९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या एक लाख ५४ हजार ७६० पुगेको छ ।

पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको सङ्ख्या दुई हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ ।

पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना सङ्क्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा. जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिए ।

उनले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताए ।

वि.सं.२०७७ असार ४ बिहीवार ०९:३९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...