काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर संकट निम्त्याएको बेला अमेरिकी सरकारले चिनियाँ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार चिनियाँ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाउने कानूनमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरि स्वीकृतसमेत गरेका छन् ।
जनाइएअनुसार ट्रम्पले हस्ताक्षर गरेको कानूनमा चिनियाँ उच्च अधिकारीलाई अमेरिकामा प्रतिबन्ध गरिनेछ । कानूनमा चीनका उइगर मुसलमान र अन्य अल्पसंख्यक समुदायमाथि दमन गर्ने अधिकारीमाथि दण्डित गरिनुपर्ने उल्लेख छ । अमेरिकाले चीनले अल्पसख्यंक समुदायमाथि अत्याचार र दमन गर्दै आएको आरोप लगाईरहेको छ ।
डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कानूनमा चिनियाँ उच्च अधिकारीलाई अमेरिकामा प्रतिबन्ध गरिनेछ । कानूनमा चीनका उइगर मुसलमान र अन्य अल्पसंख्यक समुदायमाथि दमन गर्ने अधिकारीमाथि दण्डित गरिनुपर्ने उल्लेख छ ।
अमेरिकाले पश्चिम शिनजियांग क्षेत्रमा उइगर र अन्य जातीय समुदायमाथि निगरानी बढाउने र विना कारण हिरासतमा लिने र कारबाही गर्ने गरेको बताउँदै आएको छ ।
अमेरिकाले कोरोना भाइरसको महामारी सुरु भएयता चीनमाथि विभिन्न आरोपमा प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना फैलाएको आरोप लगाउँदै चीनसँगको सबैखालको सम्बन्ध तोड्ने घोषणासमेत गरेका छन् ।एजेन्सीबाट
वि.सं.२०७७ असार ४ बिहीवार १३:४२ मा प्रकाशित





























