back
CTIZAN AD

अमेरिकाका गैरदलित नेपालीले दलित समुदायसँग घुँडा टेकेर माफी मागे

वि.सं.२०७७ असार ४ बिहीवार

741 

shares

४ असार, काठमाण्डौं । अमेरिकाको डिसीमा गैरदलित नेपाली समुदायले अब्राहम लिङ्कन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी दलित समुदायसँग घुँडा टेकेर माफी मागेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका गैरदलित नेपाली समुदायले जातीय विभेदको उन्मुलन गर्न नयाँ परम्पराको थालनी गरेका हुन् ।

गत आइतबार अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित अब्राहम लिंकन मेमोरियलको पाउदानमा लिंकन र मार्टिन लुथर किंग जूनियरलाई साक्षी राखेर गैर–दलित साथीहरुले दलित साथीहरुसंग सार्वजनिक रुपमा घुँडा टेकेर माफी मागेका हुन् ।

कार्यक्रम चेतनशिल गैरदलित (तथाकथित उच्च वर्गीय ) नागरिकहरु दलित साथीहरुसंग ऐक्यबद्ध भएर गरेको नेपाली समुदायको ईतिहासमा पहिलोपटक अमेरिकी मूलधारको राजनीतिमा सार्वजनिक पदमा निर्वाचित मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेडका उप नगरप्रमुख किरण सिटौलाले जुन १७ तारिख छापा विज्ञप्तिमार्फत् उक्त कुरा जानकारी गराएका छन् ।

‘सिन्धु घाटी सभ्यताको दास प्रथा प्रचलनको सुरुवातसंगै र मनुस्मृति र अन्य धर्मग्रन्थको आड लिएर त्यतिबेलाको राज्य संयन्त्रले वर्ण बिभाजनलाई आधारित मानेर दलित समुदायमाथि धर्म र परम्पराको नक्कली र गलत परिभाषाको पर्दा ओढेर, गंगाको मैदान यस भारतबर्षमा बंशानुगत अनुलंघनीय प्रथाको सृजना गरि दमन सुरु गरिएको ५५०० वर्षसम्म पनि प्रत्यक्ष या अप्रत्यक्ष कायम नै छ ।’ बिज्ञप्तिमा भनिएको छ ।


‘१३ वर्षकी नाबालिक अंगिरा पस्सीको हत्या र रुकुममा घेरी–घेरी भेरीमा मारिएका युवाहरुको घटनाले छर्लंग परेको छ । यो घटनामा हामी कोहि चोखो छैनौ’ भनि आयोजकले उक्त कुरा उल्लेख गरेका छन् ।

‘लिच्छवी मल्ल (जय स्थिति मल्ल), १९१० को पहिलो मुलिकी ऐन, शाह, राना, पंचायती, प्रजातन्त्रबादी, माओबादी, गणतन्त्रबादी हामी सबै दोषी छौ । जो गलत देखेर पनि आँखामा पट्टि बाधेर संबिधान र कानुनी प्रक्रियालाई हजारौ बर्षका दमन मेटाउन निर्लज्ज आफ्नो जिम्मा सारेका छौ ।’ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा भनिएको छ– अमेरिकामा अस्वेत जर्ज फलोएडलाई प्रहरीले ८ मिनेट ४६ सेकेन्ड घटीमा घुडाले थिचेर हत्या गरेको कारणले ३ हप्ताको आन्दोलनले धेरै परिवर्तन ल्याई सक्यो । आन्दोलन अझै जारी छ । निजीक्षेत्रले समेत परिवर्तन हुने प्रतिबद्धता देखाउन लागिसके । यो आन्दोलनमा स्वेत–अस्वेत र अन्य अल्पसंख्यक सबै स्वतस्फुर्तरुपमा सडकमा निस्किरहेका छन् । तर हाम्रो देशमा त्यत्रो नरसंहार हुंदा समेत दलितहरु मात्रै र केहि राजनैतिक दलका प्रतिनिधिहरु मात्रै आन्दोलित छन् ।

उनीहरुले अब सबै एकुजुट भएर विभेदका संरचना तथा भट्टीहरू भत्काउन पहल गर्नु पर्ने बताएका छन् । यो दलितको मात्र समस्या नभएर राष्ट्रि समस्या भएकाले यसमा कोही पनि एक्लैले यसको समाधान र सामना गर्न नसक्ने समेत बताएका छन् । ‘जातीय हिंसा हो कि हैन भन्ने बादविबादमा ध्रुवीकृत भैरहने समय सिद्धिएको छ । समस्या जटिल छ तर समाधान तपÞर्m भने हामी सबै जुटेर जानु पर्छ ।’ बिज्ञप्तिमा आब्हान गरिएको छ ।

‘देशमा समाज परिवर्तनका लागि गरिने आन्दोलनमा चासो नदेखाउने रोग छ । नेपाली भनेर शिर ठाडो पर्ने अधिकार हामीले गुमाई सकेका छौ । हामीले नयाँ ढंगले यस समस्याको समाधान खोज्नु पर्छ यदि शिर ठाडो पर्ने हो भने,’ विज्ञप्तिमा भनिएको छ, ‘आजका चेतनशील युवा र बढ्दो नेपाली जनचेतना प्रति हाम्रो पूर्ण विश्वास छ कि एकजुट भएर यो समस्यालाई निर्मुल पार्न सक्छौ ।’

‘गैरदलित (तथाकथित उच्च बर्गीय) साथीहरुले दोष स्वीकार गर्दै दलित समुदायसंग जहाँ जहाँ भेट हुन्छ माफी मागौं । वडा वडाबाट माफी मागौ । नगर-नगरबाट माफी मागौ । प्रान्त-प्रान्तबाट माफी मागौ । सदनबाट माफी मागौ भनि सबैमा आग्रह गरिएको छ ।

उनीहरुले ‘अस्वेतको जीवन महत्वपूर्ण छ र दलित जीवन महत्वपूर्ण छ’ भन्दै हालै अमेरिकामा भैरहेको आन्दोलनप्रति समर्थन समेत जनाएका छन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १३:३१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...