काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारण दुई/तीन जनाको मात्रै ज्यान गएको बताएका छन् । बिहिबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड मान्दा नेपालमा कोरोनाबाट मृतकको संख्या बढि देखिएको बताए ।
‘कोरोनाबाटै मृत्यु भएको दुई/तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो’, उनले भने।
अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको उनले बताए ।
प्रधानमन्त्री ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको दाबी गरे । उनले भने, ‘प्रति १० लाखमा मृत्युदर ०.७ प्रतिशत छ। यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो ।’
वि.सं.२०७७ असार ४ बिहीवार १४:४७ मा प्रकाशित





























