back
CTIZAN AD

१० अर्बको खै भन्नेलाई प्रधानमन्त्री ओलीको जवाफ : १० अर्ब तल पठाइयो !

वि.सं.२०७७ असार ४ बिहीवार

750 

shares

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा कोरोना नियन्त्रण तथा उपचारमा खर्चिएको पैसामाथि गरिएको प्रश्नप्रति असन्तुष्टी जनाएका छन् । उनले कोरोना नियन्त्रण तथा उपचारमा खर्चिएको पैसामाथि अनावश्यक प्रश्न गरिएको बताए ।

प्रधानमन्त्री ओलीले प्रश्न उठाउन सजिलो भएको भन्दै कोरोना नियन्त्रण तथा उपचारमा गरिएको व्यवस्थापनलाई हेर्न आग्रह गरे । बिहिबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले १० अर्बको खर्च तल्लो निकायमा गएर हेर्न सुझाव दिए ।

उचाल्नेलाई त उचाल्न सजिलो छ, १० अर्ब कहाँ गयो भनेर । खै १० अर्ब भनेर । अब यहाँ १० अर्ब, कताबाट देखाउने यहाँ छ भनेर । १० अर्ब त तल पठाइयो । 

‘उचाल्नेलाई त उचाल्न सजिलो छ, १० अर्ब कहाँ गयो भनेर । खै १० अर्ब भनेर ।’ उनले भने, ‘अब यहाँ १० अर्ब, कताबाट देखाउने यहाँ छ भनेर । १० अर्ब त तल पठाइयो ।’

उनले १० अर्बबाटै महिनौंदेखि कोरोना नियन्त्रण तथा उपचारमा काम भईरहेको जिकिर गरे । ‘यहि कामको लागि महिनौंदेखि मानिसहरु खटेका छन्, क्वारेन्टिन निर्माण गरेका छन्, क्वारेन्टिनमा बस्नेहरुलाई ख्वाएका छन्’, उनले भने ।

उनले खर्चको हिसाब महालेखा र आन्तरिक लेखा परिक्षणले हेर्ने भन्दै अनावश्यक प्रश्न गरिएको टिप्पणी गरे । उनले भने, ‘मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

वि.सं.२०७७ असार ४ बिहीवार १५:२९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...