
४ असार, काठमाडौँ । मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । वल्डोमिटरका अनुसार मेक्सिकामा अहिले सम्मा कोरोना संक्रमणबाट १९ हजार ८० जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १ लाख ५९ हजार ७ सय ९३ पुगेको छ ।
बुधबार मेक्सिकोमा ४ हजार ५ सय ९९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७ सय ३० जनाको मृत्यु भएको ।