back

ट्रम्पले आगामी चुनावको लागि चिनियाँ राष्ट्रपतिसँग सहयोग मागेको खुलासा

वि.सं.२०७७ असार ४ बिहीवार

153 

shares
NTC AD
Global IME AD

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा चीनसँग सहयोग मागेको खुलासा भएको छ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आगामी राष्ट्रपतीय चुनाव २०२० को लागि ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनपिंगसँग सहयोग मागेको खुलासा गरेका हुन् ।

उनले आफ्नो किताबे ‘द रुम व्हेयर इट हैपेण्ड’मार्फत आगामी चुनावको लागि चिनियाँ राष्ट्रपतिसँग ट्रम्पले सहयोग मागेको खुलाएका हुन् । गत २९ जुनमा ओसाकामा भएको जी २० को समिटमा ट्रम्प र जिनपिंगबीच भएको भेटघाटमा ट्रम्पले उक्त प्रस्ताव राखेको जोन बोल्टनको दाबी छ ।

बोल्टनको किताबमा ट्रम्पमाथि लगाइएको महाभियोगबारे पनि कयौं गोप्य कुरा राखिएको छ । साइमन एण्ड चस्टरद्वारा प्रकाशित पुस्तक २३ जुनमा सार्वजनिक हुने कार्यक्रम थियो ।

ह्वाइट हाउसद्वारा किताबमाथि प्रतिबन्ध

ह्वाइट हाउसले भने उक्त किताबमाथि प्रतिबन्ध लगाउने आदेश गरेको छ । किताबमा अमेरिकाको गोप्य जानकारी भएको भन्दै प्रतिबन्धको आदेश गरेको हो । प्रतिबन्धित भएपनि किताबको केहि अंश बुधबार न्यूयोर्क टाइम्स, द वाशिंगटन पोस्ट र द वाल स्ट्रीट जर्नलमा प्रकाशित भएको छ ।

बोल्टनको किताबमा ट्रम्पमाथि लगाइएको महाभियोगबारे पनि कयौं गोप्य कुरा राखिएको छ । साइमन एण्ड चस्टरद्वारा प्रकाशित पुस्तक २३ जुनमा सार्वजनिक हुने कार्यक्रम थियो ।

जोन बोल्टनलाई पछिल्लो वर्ष राष्ट्रपति ट्रम्पले सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका थिए । एजेन्सीबाट

वि.सं.२०७७ असार ४ बिहीवार १६:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...

हेमजामा सञ्चालित आलु महोत्सवमा साढे तीस लाखको आलु विक्रि

हेमजामा सञ्चालित आलु महोत्सवमा साढे तीस लाखको आलु विक्रि

कास्की । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा...