back
CTIZAN AD

राहत वितरणमा सक्रिय हुँदै थाइ नेपाली संघ, आठ हजार बढीलाई राहत बितरण

वि.सं.२०७७ असार ४ बिहीवार

846 

shares

४ असार थाइल्याण्ड । थाइ नेपाली संघले कोरोना भाइरस संक्रमणका कारण थाइल्याण्डमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गरेको छ ।

नेपाली तथा गैरनेपालीहरुमा परेको समस्या निवारणमा सक्रिय हुँदै आएको संघले यो पटक कोभिड–१९ का कारण समस्या परेका नेपालीहरुका लागि राहत वितरणका कार्यक्रमहरु गरेको हो ।

थाइल्याण्डका विभिन्न शहरहरूमा कोरोना भाईरसका कारण समस्यामा परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण गरिएको संघका अध्यक्ष कुमार कार्कीले संसारन्युजलाई बताएका छन् । कार्कीका अनुसार संघका विभिन्न शाखाहरुले सक्रियरुपमा राहत संकलन र वितरणको कार्य गर्दै आएका छन् ।

संघद्धारा वितरित राहत सामग्रीहरुमा चामल, तेल, चाउचाउ, माछाका डब्बा, पिठो, नुन, मसला जस्ता दैनिक उपभोग्य सामग्रीहरु रहेको र आवश्यकता अनुसार केही व्यक्तिहरुलाई आर्थिक सहयोग पनि गरिएको थियो । संघले शाखाहरू नभएका ठाउँबाट पनि राहत सामाग्री माग भएको अवस्थामा थाइ नेपाली संघका प्रतिनिधिहरू गएर राहत वितरण गरेका थिए ।

गत मे महिनादेखि संघले सुरु गरेको राहत वितरण कार्यक्रमबाट २ हजार ५०८ परिवारका ८ हजार ६८५ व्यक्तिहरुले सेवा पाएको संघका अध्यक्ष कार्कीले बताए । थाइ नेपाली संघका शाखा तथा उपशाखाहरूमा अवश्यकता अनुसार विहान वेलुका खानाहरू बनाइ दैनिक रूपमा ४०० भन्दा धेरै मानिसहरूलाई वितरण गरिएको पनि अध्यक्षले जानकारी दिएका छन् । यस कार्यमा त्यहाँस्थित विभिन्न संघसंस्थाहरूले पनि संघसँग मिलेर सहयोग गरेका छन् ।

संघले नेपालबाट अध्ययनका लागि थाइल्याण्ड पुगेका ५६ नेपाली विद्यार्थीहरुलाई पनि नेपाली राजदूतावाससँग मिलेर राहतको कार्यमा सहयोग गरेको छ । साथै थाइल्याण्डबाट विदेश फर्कन चाहनेहरूलाई सरकारी निकायहरूबाट कागजपत्र लगायत आवश्यकता अनुसार यातायात सुविधा मिलाउने कार्य पनि संघले गरेको छ ।

त्यसैगरी कोरोनाका कारण समस्यामा परेकाहरुलाई सम्पर्क गर्न संघले सामाजिक संजाल मार्फत अनुरोध गरेको थियो । यस कार्यका लागि संघका महासचिव विनोद लामिछाने र दुःख निवारण विभागका प्रमुख रामकुमार ढुंगानालाई तोकिएको थियो ।

विभागका प्रमुख ढुंगानाले संघका विभिन्न शाखाका पदाधिकारी तथा विभिन्न व्यक्तिहरुको सहयोगका कारण राहतका काम गर्न सहज भएको बताउँदै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

त्यस्तै संघका महासचिव लामिछानेले थाइल्याण्डका विभिन्न शहरमा आपतमा परेका व्यक्तिहरुले संघमा सम्पर्क राखेको र संघका शाखाहरुबाट सहयोगको सक्दो प्रयास गरिएको जानकारी दिएका छन् ।

कोभिड १९ ले ल्याएको विपत्ति अझै टरि नसकेकोले राहत वितरणका कार्यहरु निरन्तर भइरहेको पनि संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १४:२३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...