back

एमसीसी कै कारण घेराबन्दीमा परे ओली, सत्ता जोगाउनै कठिन बन्दै

वि.सं.२०७७ असार ७ आइतवार

114 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेकपा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओली घेराबन्दीमा पर्न थालेका छन् । नक्सा र नागरिकता ऐनको कारण सत्तामा बलियो बन्दै गएको देखिएपनि उनी आफ्नै पार्टीभित्रबाट घेराबन्दीमा पर्न थालेका हुन् । उनी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई जसरी पनि पास गराउने ध्याउन्नमा लाग्दा पछिल्लो समय घेराबन्दीमा परेका हुन् ।

एमसीसी सम्झौतालाई जसरी पनि पास गराउने एजेण्डामा देखिएका उनी पार्टी सचिवालय र स्थायी समितिबाट समेत एक्लो बन्दै गएका छन् । एमसीसीकै कारण उनी आफ्नै निकटस्थबाट पनि साथ गुमाउँदै गएको नेकपा स्रोत बताउँछ ।

९ सदस्यीय सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसीका विपक्षमा छन् । पछिल्लाे समय रामबहादुर थापा पनि एमसीसीको विपक्षमा खुलेर लागेका छन् ।

सचिवालयमा एक्लो बन्दै

एमसीसीलाई एक्लो एजेण्डा बनाउँदा पार्टीभित्र विकसित भएको समीकरणसँगै उनलाई सचिवालय कमिटीबाट २ जनाले मात्रै साथ दिने अवस्था बनेको छ । उनी नजिक देखिएका रामबहादुर थापाले समेत पछिल्लाे समय साथ छोडेका छन् ।

९ सदस्यीय सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसीका विपक्षमा छन् । पछिल्लाे समय रामबहादुर थापा पनि एमसीसीको विपक्षमा खुलेरै लागेका छन् ।

रामबहादुर थापासमेत विपक्षी देखिएसँगै सचिवालय कमिटीमा ओलीविरुद्व दुई तिहाई सदस्य छन् । यसअघि विष्णु पौडेलले समेत ओलीको कार्यशैलीप्रति विमती जनाएको विषय बाहिर आएको थियो ।

नेकपाको स्थायी कमिटी बैठक विगत ७ महिनादेखि बस्न सकेको छैन् । आफुँविरुद्व स्थायी कमिटीका नेताहरु एकजुट हुँदै गएपछि प्रधानमन्त्री ओलीले बैठक बसालेका छैनन् । विवादास्पद दुई अध्यादेश, सरकारको कार्यशैली र एमसीसीको एजेण्डाका कारण ओलीले स्थायी समितिबाट पनि विश्वास गुमाएका हुन् ।

स्थायी कमिटीमा पनि विश्वास गुमाउँदै

नेकपाको स्थायी कमिटी बैठक विगत ७ महिनादेखि बस्न सकेको छैन् । आफुँविरुद्व स्थायी कमिटीका नेताहरु एकजुट हुँदै गएपछि प्रधानमन्त्री ओलीले बैठक बसालेका छैनन् । विवादास्पद दुई अध्यादेश, सरकारको कार्यशैली र एमसीसीको एजेण्डाका कारण ओलीले स्थायी समितिबाट पनि विश्वास गुमाएका हुन् ।

स्थायी कमिटीमा आफुँविरुद्व देखिएको मोर्चाबन्दीका कारण ओलीले स्थायी कमिटीको बैठक पनि स्थगित गर्दै आएका छन् । उनले २० जना स्थायी कमिटीका सदस्यले लिखित रुपमै बुझाएको निवेदनमाथि समेत सुनुवाई गरेका छैनन् ।

कोरोना संकटकै बीच प्रधानमन्त्री ओलीले दुई अध्यादेश (राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी) ल्याएसँगै पार्टीभित्र र बाहिर उनीविरुद्व मोर्चाबन्दी नै बनेको थियो । लकडाउन अघि बनेको मोर्चाबन्दीलाई नक्सा विवादबाट असफल बनाउन सफल भएका उनी एमसीसीको एजेण्डासँगै भने संकटमा परेका छन् । निकटस्थले जनाएअनुसार एमसीसी एजेण्डाकै कारण उनी निकै संकटमा पुगेका छन् ।

छिमेकीबाट पनि विश्वास गुमाउँदै, विपक्षी दल पनि मोर्चाबन्दीमा

पछिल्लाे समय छिमेकी मुलुक भारतले पनि प्रधानमन्त्री ओलीलाई विश्वास गर्न छाडेको छ । नक्सा प्रकरणलाई राजनीतिक स्टन मात्रै भएको बताउँदै आफुँ निकटलाई भेटका लागि पठाएका उनले भारतीय पक्षले भने नपत्याएको बुझिएको छ । उनले नक्सा प्रकरणसँग भारतीय पक्षसँग छलफल गर्न विवादास्पद पूर्वमन्त्री गोकुल बाँस्कोटालाई दुतावास पठाएर नक्सा प्रकरण आफ्नो राजनीतिक स्टन मात्रै भएको बताएका थिए ।

यसबीच विपक्षी दलहरुले पनि ओलीलाई पत्याउन छाडेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि ओलीको विकल्पमा खुल्ला रहेको बताइरहेकाे छ। विपक्षी समाजवादी दलले त ओलीको विकल्प अनिवार्य खोज्नुपर्ने बताईरहेको छ । केहि दिन अघि मात्रै जनता समाजवादी दलका नेता बाबुराम भट्टराईले ओलीलाई सत्ताबाट फाल्नुको विकल्प नरहेको सार्वजनिक रुपमै बताएका थिए ।

नक्सा र नागरिकता ऐनमार्फत राष्ट्रियताको नारा दिएका उनी भित्रि रुपमा भने एमसीसी प्रकरणबाट खोक्रो देखिएका छन् । एमसीसीकै कारण उनलाई पार्टीभित्रका नेताहरुले विश्वास मान्दैनन् । जसको कारण उनी तोड्नेै नसक्ने आन्तरिक घेराबन्दीमा परेका छन् । शुक्रबार मात्रै नेता बामदेव गौतमले ओलीको कार्यशैलीबाट आजित भएर खुलेरै विरोध जनाएका थिए । उनले आफुँ ओलीको समर्थनमा नरहेको कुरा खुला रुपमा राखेका थिए ।

ओलीविरुद्व छिमेकभन्दा आफ्नै

नक्सा र नागरिकता ऐनमार्फत राष्ट्रियताको नारा दिएका उनी भित्रि रुपमा भने एमसीसी प्रकरणबाट खोक्रो देखिएका छन् । एमसीसीकै कारण उनलाई पार्टीभित्रका नेताहरुले विश्वास मान्दैनन् । जसको कारण उनी तोड्नै नसक्ने गरि आन्तरिक घेराबन्दीमा परेका छन् । शुक्रबार मात्रै नेता बामदेव गौतमले ओलीको कार्यशैलीबाट आजित भएर खुलेरै विरोध जनाएका थिए । उनले आफुँ ओलीको समर्थनमा नरहेको कुरा खुला रुपमा राखेका थिए ।

यसअघि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले ओलीको विकल्प खोज्नुपर्ने निर्णय नै गरिसकेका थिए । एमसीसी सम्झौताको विषयमा अध्ययन गर्न बनाइएको कार्यदलमाथि प्रश्न गर्न थालेपछि झलनाथ खनालले खुलेरै ओलीको विरोध जनाएका थिए ।

यस्तोमा ओलीलाई सत्ता टिकाउनसमेत असहज बन्ने देखिएको छ । मन्त्रिमण्डल फेरबदल गरेर विरोधीलाई व्यवस्थापन गर्ने रणनीतिमा देखिएका उनी यो पटक भने सफल हुन निकै कठिन देखिन्छ । यस्ताेमा उनलाई निकटस्थ मानिएकाले पनि साथ दिन छाेड्दै गएका छन् । अति निकटस्थ मानिएका पार्टी महासचिव विष्णु पाैडेल र रक्षामन्त्रिसमेत रहेका सचिवालय सदस्य ईश्वर पाेखरेलसमेत साथ दिने कि नदिने भन्ने अवस्थामा पुगेकाे नेकपाकै नेताहरु बताउँछन् ।

वि.सं.२०७७ असार ७ आइतवार १७:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...