back
CTIZAN AD

कांग्रेस सांसदको प्रश्न : हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरियो ?

वि.सं.२०७७ असार ९ मंगलवार

711 

shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी ओलीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै आजको राष्ट्रिय सभा बैठकमा उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भन्ने प्रश्न गरेका हुन् ।

सांसद पन्थले पुष्टि नै भएका कुरा सुनाएर सल्लाहकारहरुले प्रधानमन्त्री ओलीलाई भ्रममा पारेको समेत बताए । सांसद पन्थले स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको पनि बताए ।

लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने उल्लेख गरे । पन्थले अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारसँग माग पनि गरे ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।

वि.सं.२०७७ असार ९ मंगलवार १३:३७ मा प्रकाशित

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...