back

पाल्पा पहिरो अपडेटः मृत्यु भएकाहरुको पहिचान खुल्यो

वि.सं.२०७७ असार ९ मंगलवार

147 

shares
NTC AD
Global IME AD

९ असार, पाल्पा । पाल्पाको तानसेन नगरपिालिका जोगिपानीस्थित सम्मोबारीमा सोमबार दिउँसोको पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ ।

जिल्ला प्रहरीका कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पहिरोले ट्रक र ट्यांकर बगाउँदा पुरिएका तीनजनाको पहिचान खुलेको हो ।
मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका-२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिएका छन् ।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभया । पहिरो खस्दा अवरुद्ध तानसेन तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ । लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार १३:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा (रुपन्देही) । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक...

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको...

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको...

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री अहिरद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री अहिरद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री...