back
CTIZAN AD

कोरोना संक्रमणको उपचारपछि आज ७६ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या २,२२४ पुग्यो

वि.सं.२०७७ असार ९ मंगलवार

1K 

shares

९ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ७६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा गोठगाउँ आइसोलेशन सेन्टर झापाबाट १ पुरुष, कोशी अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका १ महिला र ३ पुरुष गरी ४ जना, मोरङका १४ पुरुष र रामेछाप अस्पतालबाट १३ पुरुष कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यसैगरी साइकृष्ण आइसोलेशन सेन्टर सप्तरीबाट सप्तरीका २ महिला र ३ पुरुष, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुष, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पताल म्याग्दीबाट म्याग्दीका २ पुरुष, धौलागिरी अस्पताल बाग्लुङबाट बाग्लुङका ३ पुरुष र स्याङजा अस्पतालबाट ३ पुरुष उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यसैगरी गोर्खा अस्पतालबाट ७ पुरुष, जिपी कोइराला शुक्ला गण्डकी तनहुँबाट २ पुरुष, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल भिर्कोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लम्जुङका १ पुरष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्र्किएका छन् ।

आज डिस्चार्ज भएका ८ महिला र ६८ पुरुष गरी जम्मा ७६ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २,२२४ रहेको छ । जसमा १९८ जना महिला र २०३५ जना पुरुष रहेको छन् ।

आज सबैभन्दा बढी ३७० जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २१४२ पुग्यो

वि.सं.२०७७ असार ९ मंगलवार १८:१७ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...